काठमाडौ २०७७ श्रावण २७ मंगलबार / आज थप ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगै नेपालमा संक्रमितको संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।
नेपालमा मृतकको संख्या ८० जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय ७१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १६ हजार ६ सय ६४ जना जना रहेका छन् ।