वीपीको गाइनोमा उपचाररत सिरहाकी महिलामा कोरोना संक्रमण पुष्टि

  • साउन २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाइनो वार्डमा उपचार गराईरहेकी सिरहाकी एक महिलालाई कोरोना पुष्टि भएको छ ।

जनकपुरबाट गत २२ गते रिफर भएर आएकी ३० वर्षिय महिलाको परिक्षणको रिपोर्ट आइतबार आएको थियो । उनलाई सोमबार (आज) आइसोलेसनमा सिफ्ट गरिएको छ । रिफर भएर आएको समयमै शंकास्पद रहेकाले छुट्टै राखेर उपचार गराईरहेकाले डराउनु पर्ने अवश्थामा नरहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । उनले भने, ‘हिजो आइसोलेसनमा बेड खालि नभएकाले त्यही राखिएको थियो, आज आइसोलेसनमा सारिएको हो, तर उनी आउँदा देखिनै सस्पेक्ट देखिएकाले छुट्टै राखेर उपचार गराईरहेका थियौं ।’

जनकपुर अस्पतालमा रहँदा नै श्वासप्रश्वासमा गाह्रो हुन थाले पछि प्रतिष्ठानमा रिफर भएर आएको सापकोटाले बताए । उनलाई कोरोना पोजिटिभ देखिए पछि कन्टयाक्ट ट्रेसिङ गर्न शुरु भइसकेको उनले बताए । पोर्टोकल अनुसार वार्डलाई सरसफाई गरिने र सम्पर्कमा रहेका व्यक्तिहरुको ट्रेसिङ गरिने उनको भनाई छ ।
बिरामी सँगै रहेका आफन्तहरु गाइनो वार्डमै रहेकाले अन्य बिरामीका आफन्तहरु त्रसित बनेका छन् । सँगै बसेका अन्यलाई नलगी बिरामी मात्रै लिएर जाँदा त्रास बढेको एक बिरामीका आफन्तले बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved