काठमाडौ आइतबार, श्रावण २६/ आज थप ३सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सगै नेपालमा संक्रमितको संख्या २३ हजार ३सय १० जना पुगेको छ ।
काठमाडौं, कलंकीका एक ६४ वर्षीय पुरुष बाँके कोहलपुर नगरपालिका वडा नं २ का ७० वर्षीय एक महिला, पर्साको बेदियाही गाउँपालिका वडा नं १५ की ४५ वर्षीय कोरोना संक्रमित एक महिला,काठमाडौं १० मध्य बानेश्वरका ७६ वर्षी एक पुरुष को मृत्यु भएको छ ।
यो सँगै नेपालमा मृतकको संख्या ७९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप १ सय ४० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १६ हजार ४ सय ९३ जना जना रहेका छन् ।