वीपी प्रतिष्ठानले समन्वय नगरेको गुनासो, आइसोलेसनको विकल्प खोज्दै धरान

  • साउन २६, २०७७
  • " दिनेश गजमेर"
alt

धरान । देशकै उत्कृष्ठ अस्पताल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भए पनि कोरोनाको महामारीमा स्थानीय जनता लाभान्वीत हुन पाएनन् । कोरोना पोजिटिभको संख्या बढ्दै गए पनि प्रतिष्ठानले जिम्मेवारी बहन नगरिदिदा धरानका कोरोना संक्रमित बिरामीहरु घरमै बस्नुपर्ने अवश्थामा रहेका धरान उपमहानगरपालिकाले गुनासो गरेकोछ ।

पछिल्लो समय धरानमा कोरोना संक्रमितको संख्या ह्वातै बढेको छ । पहिलो चरणको लकडाउन खुकुलो भए पछि धरानमा कोरोना संक्रमण फैलिन थालेको हो । दुई साता भित्रमा धरानमा ५५ जनामा कोरोना संक्रमित देखिएका छन् भने २४ जना समुदाय स्तरमै संक्रमित देखिएका हुन् । । पोजिटिभ केशहरु अहिले घरमै राख्नु पर्ने अवश्था छ । पोजिटिभ देखिएकालाई तुरुन्तै अस्पताल लानु पर्ने हुन्थ्यो । आज बिहान मात्रै ९ जनामा देखियो, उनीहरुलाई आइसोलेसनमा लैजान सकिरहेको छैन् ।

धरानमा कोरोना संक्रमण उच्च दरमा बढि रहँदा पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले धराने नागरिकको लागि आफ्नो जिम्मेवारी बहन नगरेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई बताउँछन् । उनले भने, ‘व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय, धरान उपमहानगरपालिकाले छलफलहरु चलाईरहेको छ । तर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बाट भने सकारात्मक पहलकदमी र जिम्मेवारी लिएको अवश्था छैन् ।’

धरानमा कोरोना संक्रमण बढ्दै गए पनि प्रतिष्ठानका नेतृत्व अझै पनि सम्पर्कमा नआएको उनको गुनासो छ । संक्रमणको समस्या समाधान गर्ने प्रतिष्ठान जिम्मेवारी पुर्वक नलागेको उनले बताए । उनले भने, ‘स्थानीय तहबाट पहलकदमी गरिरहेका छौं, तर विज्ञ त प्रतिष्ठाननै हो, त्यसैले त्यहाका चिकित्सक, विज्ञहरुले समन्वय गरेर स्थानीय सरकारले यस्तो गरिदिए हुन्थ्यो, सहयोग गरे हुन्थ्यो भन्ने छलफल गर्न पाएको छैन् ।’
प्रतिष्ठानले कोरोना संक्रमण व्यवस्थापनका लागि भनेर कोभिड अस्पताल उदघाटन गरेको पनि ३ महिना भन्दा बढी भैसक्यो । तर अस्पताल अझै पनि संचालनमा आउन सकेको छैन् । तयारी अवश्थामा रहेका आइसोलेसन कक्षहरु पनि व्यवस्थीत गर्न नसक्दा अभाव बढ्दै गएको छ । वीपीको गैह्रजिम्मेवारकै कारण धरानमा संक्रमण देखिएका बिरामीहरु घरमै राख्नुपर्ने बाध्यता रहेको छ । प्रतिष्ठानको जवाफदेहिता नदेखिए पछि स्थानीय सरकारले आइसोलेसनको विकल्प खोज्न थालेको छ ।

वीपीमा आइसोलेसनको अभाव हुन थाले पनि स्थानीय सरकारले नै आइसोलेसनको विकल्प खोज्न थालेको धरान १७ का वडाअध्यक्ष मनोज भट्टराईले बताए । कोरोना संक्रमण देखिएका तर लक्षण नभएका बिरामीलाई राख्न मिल्ने गरिको आइसोलेसनका लागि छलफल भएको उनले बताए । उनले भने, स्टेप १ का बिरामीलाई व्यवस्थापन गर्न पोजिटिभ भएको तर लक्षण नदेखिका बिरामीहरुका लागि नगरपालिकाले आफ्नो स्रोत साधन प्रयोग गरेर भोलि सम्म आइसोलेसनको व्यवस्था गर्न तयारीमा छौं, स्थानीय सरकार छ भन्ने अनुभुति गराउने छौं ।’

सामुदायिक स्तरमै पनि पोजिटिभ केशहरु देखिरहेका छन् ।संक्रमण देखिन साथ अस्पताल पुर्याउने सक्ने अवश्था बनिरहेको छैन् । संक्रमितहरुर्लाइ घरमै राख्नुपर्ने अवश्थाले नागरिक त्रसित बनेका छन् ।

समन्वय नगरी बिरामी पठाउँदा चै समस्या हुने गरेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाको भनाई छ । प्रतिष्ठानको क्षमताको आधार सम्म सेवा दिइरहेको उनको दाबी छ । उनले भने, ‘कतिपय कुराहरुमा समन्वय गरेर आउँदा सहज भएको छ, तर समन्वय नभई आएका बिरामीहरुलाई व्यवस्थापन गर्न कठिनाई भएको छ ।’ प्रदेश १ र २ का बिरामीहरु प्रतिष्ठानमै ल्याउने भएकाले पनि उचित व्यवस्थापनमा समस्या आउने गरेको उनले बताए । तर समन्वय गरेर बिरामी पठाए ढिलो भए पनि कोरोना संक्रमितहरुलाई व्यवस्थापन गर्न सकिने उनको भनाई छ ।

 

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved