इटहरी । समुदायमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि उच्च सतर्कता अपनाउदै इटहरी उपमहानगरले जारी गरेको पाँच दिने लकडाउनको अवधी आज (आइतबार)राती १२ बजेबाट सकिन्दैछ । जिल्ला प्रशासनको कार्यालय सुनसरीले बजार तथा ब्यवसायिक क्षेत्रलाइ समबोधन नगरी सवारी साधनलाइ मात्र निषेधित भनेर उल्लेख गरेपछि सुनसरीका व्यवसायीहरू थप अन्यौलमा परेका छन ।
औद्योगिक क्षेत्रको हकमा भने उद्योगहरू सञ्चालन गर्न पाउने र अति आवस्यकिय सवारीसाधनहरू बाहेक अन्यलाइ जिल्लामा रोक लगाइएको बिज्ञप्तीमा उल्लेख गरेपनि ब्यापार व्यवसाय सञ्चालन गर्न पाउने या नपाउने भन्ने बिषयमा केहि नखुलाएपछि व्यवसायीहरू थप अन्यौलमा परेका हुन । सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलले पहिलेकै निर्णयलाइ थप कार्यानवयन गरिएको बताए । बिज्ञप्तीमा बजारलाइ सम्बोधन गर्न छुटेको स्विकारदै उनले जिल्लाभर रहेका औषधि पसलहरू बाहेक सबै प्रकारका व्यवसायहरू बन्द गर्न अनुरोध पनि गरेका छन् ।