प्रदेश १ मा ४० संक्रमित थपिए

  • साउन २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर, २५ साउन । प्रदेश १ मा आज ४० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा १० महिला १९ पुरुष, सुनसरीको धरानमा १ महिला २ पुरुष, ईटहरीमा १ महिला १ पुरुष, बर्जुमा १ पुरुष, झापाको बा¥हदशीमा १ महिला १ पुरुष, अर्जुनधारा २ र दमकमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २३ पुगेको छ ।
प्रदेश १ मा आज ५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरंगका ३, उदयपुर र सुनसरीका १–१ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार १ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ महिला र २७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हाल सम्म ५३ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved