संक्रमण रोक्न तीनै सरकार समन्वयमा जान सांसद संग्रौलाको सुझाव

  • साउन २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रतिनिधि सभाकी सांसद तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले प्रदेश १ राजधानी विराटनगरको संक्रमण रोक्न प्रदेश सरकारले ठोस कार्ययोजनासहित काम गर्नुपर्नेमा जोड दिएकी छन् ।
कोरोनाको संकमण दिनहुँ बढ्दै समुदाय स्तरसम्म पÞmैलिने क्रममा रहेको र विशेष गरी विराटनगरमा भय र त्रासको वातावरण बढेको भन्दै उनले संक्रमितलाई उपचारको लागि भर्ना गरिने आइसोलेसन वार्डको कमी देखिएको जनाएकी छन् ।

सांसद संग्रौलाले आज सामाजिक सञ्जालमा स्टाटस पोस्ट गर्दै भनेकी छन्,“कोरोनाको प्रभावकारी नियन्त्रण र रोकथाम का लागि तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य को आवश्यकता पर्दछ । मुख्यमन्त्री कोरोना नियन्त्रणको रणनीति बनाउनु साटो धेरै समय काठमाडौमा संघीय सरकार संगको साँठगाँठमा रहने र स्थानीय सरकार एक्लै दौडिनु पर्ने कुराले अफ्ठ्यारो परेको बेला सरकार जनताको अभिवाक हुनुपर्छ ।” उनले प्रदेश सरकारले सचेत र चनाखो भई बिरामीलाई राख्ने अस्पताल र औषधि उपचारको राम्रो ब्यस्थापन गर्दै सुरक्षित वातावरणको सिर्जना गर्नुपर्ने सुझाव दिएकी छन्।

नगरबासीले पनि उच्चमनोवलका साथ सहयोग गर्नु पर्ने भन्दै संग्रौलाले सुरक्षितका साथ घरमा बसे फैलावट रोकिने र कोरोना जोखिम कम हुने जनाएकी छन । परीक्षणको दायरा व्यापक रुपमा बढाउन र समुदायमा नै गई पीसीआर परीक्षण गर्न आवश्यक रहेको सांसद संग्रौलाको भनाइ छ । उनले विज्ञहरुको सल्लाह र सुझावलाई आत्सात गर्दै तीनवटै तहका सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्नुपर्ने बताएकी छन् ।

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

माछा नभएको ठाउँमा पो ...

काठमाडौं/ माछा नै नभएको ठाउँमा पोखरी बनाएको देखाएर ...

मिसेस स्टेट २०२५ का ...

धरान/ विवाहित महिलाहरुलाई लक्षित मिसेस स्टेट, कोशि प्रद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved