सरकारले रोक्का गरेको ६० वर्ष मुनिका एकल महिला तथा अपाङ्गता भत्ता नविकरण खुल्यो

  • साउन १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सरकारले रोक्का गरेको ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भत्ता पुनः नविकरण गर्न खुल्ला गरिदिएको छ ।

साउन १५ गते गृहमन्त्रालयको निर्णय अनुसार ६० वर्ष मुनिका एकल महिला तथा अति अशक्त अपाङ्गता भएकाहरुको नविकरण गर्न स्थानीय तहहरुमा सुचना जारी गरेको छ ।

सरकारले सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित गर्ने भन्दै २०७५ असोजमा पारित सामाजिक सुरक्षा ऐन र त्यसलाई लागु गर्न २०७६ चैत्रमा पारित गरिएको सामाजिक सुरक्षा नियमावली विवादमा परे पछि नविकरण समेत रोक्का राखेको थियो । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले नयाँ व्यवस्था अनुसार मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्न स्थानीय तहलाई पत्राचार गरे अनुसार स्थानीय तहहरुले नविकरण गर्न रोकेका थिए ।

साउन १६ गते गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक विष्णु लामिछानेद्वारा सुचना जारी गरिएको छ । सुचना अनुसार सामाजिक सुरक्षा भत्ता खाइपाई आएका ६० वर्ष उमेर नपुगेका एकल महिला तथा अति अशक्त अपाङगता भएका लाभग्राहीहरुको छुट्टै अभिलेख राखी नविकरण तथा नयाँ निवेदन दर्ता गराउन हुन अनुरोध गरिएको छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved