पीसीआर मेसिन खरिद गर्न प्रदेश १ सरकारलाई कांग्रेसको सुझाव

  • साउन १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिले कोरोना परीक्षणको दर बढाउन प्रदेश सरकार समक्ष माग गरेको छ ।

विराटनगर क्षेत्रमा समुदायस्तरमा कोरोना फैलिसकेको तथ्य बाहिर आउँदा समेत परीक्षणको दरलाई तिव्रता नदिएको भन्दै महानगरका का.वा.सभापति अरुण न्यौपानेले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन ।
प्रदेश सरकारले संघीय सरकारको मुख ताक्नुको साटो आफैं पीसीआर मेसिन गरिद गरेर परीक्षणको दायरा बढाउन माग गरेका छन् । उनले सर्वधारणलाई समेत सचेतना अपनाउदै स्थानी तथा प्रदेश सरकारले संक्रमण नियन्त्रणको लागि गरेका प्रयासमा साथ दिन अपिल गरेका छन् ।

न्यौपानेले भने,“लकडाउन र कोरोना संक्रमणकै बेला प्रदेशका मन्त्रालयले करोडौं मूल्य पर्ने गाडी खरिद गरेका छन् । बरु त्यो रकमले किन पीसीआर मेसिन र भिटिएम खरिद नगर्ने ?” कोरोना नियन्त्रण तथा रोकथामको लागि एकीकृत प्रयास जरुरी भएको भन्दै स्थानीय र प्रदेश सरकारबीच देखिएको समन्वय अभावलाई समेत हटाउन सुझाव दिए ।

कांग्रेस महानगर समितिको तर्फबाट यसअघि न्यौपानेले सामाजिक विकास मन्त्रालयले कोरोना रोकथाम र नियन्त्रणको लागि गरेको कामबारे जानकारी दिन आयोजित कार्यक्रममा पहिचान गरिएका प्रदेशका जोखिम क्षेत्रमा परीक्षण, रोकथाम र उपचारमा ध्यान केन्द्रीत गर्नुपर्ने सुझाव दिएका थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved