मास्क बाँड्दै, सचेतना बढाउँदै

  • साउन १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / कोरोनाको सन्त्रास संगै धरानमा यसको असर देखे लगत्तै सुनसरी उद्योग वाणिज्य संघ र रोटरी क्लब अफ धरान घोपाले श्रावण १५ गते धरान बजारमा मास्क वितरण गरेको छ । संघको कार्यालय देखि धरानको भानुचौकसम्म उद्योगी, व्यापारी, बाटोमा हिड्ने यात्रु र सवारी चालकहरुलाई मास्क वितरण गरिएका थियो।

कोरोनाको महामारीबाट बच्नका लागि मास्क वितरण गरिएको रोटरी क्लब अफ घोपाका अध्यक्ष राजेश अग्रवालले बताए । कार्यसमिति सदस्य विष्णु बरालका अनुसार सचेतनाका लागि मास्क संगसंगै व्यापारीहरु र यात्रुहरुलाई पम्प्लेट समेत वितरण गरिएको थियो ।

व्यापारी र धरानवासीहरुलाई कोरोनाबाट बच्नको लागि यो कार्यक्रम संगसंगै धरान नगरभरि माइकिङ्ग समेत गरिएको संघका अध्यक्ष गिरिधारी सापकोटाले बताएका छन् । कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई,इलाका प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र बस्नेत, सशस्त्र प्रहरी गुल्मका डिएसपी सुमन पोखरेल, सुनसरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पवन अग्रवाल लगागत करिब ४५ जनाको सहभागिता रहेको थियो ।

Photo-4 Photo-3 Photo-1

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved