मनलाग्दो पार्किङ गर्नेलाइ इटहरी ट्राफिकको ह्विल लक

  • साउन १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । मुख्य राजमार्ग ढाकेर नीजि सवारी पार्किङ गर्नेलाइ ट्राफिक प्रहरीले ह्विल लक अभियान चलाएको छ । पटक पटक सचेतना गर्दा पनि अटेर गरेपछि एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले राजमार्ग क्षेत्र अन्तरगत पैदल यात्री हिडने स्थानमा मनलाग्दो आफ्नो नीजि सवारी पार्किङ गर्नेहरूको सवारी साधनमा ह्विल लक अभियान चलाएको हो ।

बिहीबार मात्रै ट्राफिक प्रहरीले करीब एक दर्जन मोटर साइकल तथा स्कुटीहरूमा ह्विल लक गरी आवश्किय जरिवाना सहित कार्वाहि गरेको छ । इटहरीको मुख्य राजमार्गहरूमा नीजि सवारी पार्किङ बढेपछि पैदलयात्रीहरू समस्यामा परेको अवस्थालाइ मध्य नजर गर्दै प्रहरीले यस्तो गर्नुपरेको एक नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

पार्किङ स्थल भन्दा बाहिर सवारी पार्किङ गर्ने जो कोहिको सवारी साधनमा अब ह्विल लक गरिने प्रदेश ट्राफिकका प्रवक्ता डिएसपी लक्ष्मिराज अधिकारीले बताए । यो अभियान पहिले देखि नै जारी रहेको पनि उनले जानकारी दिए । यसो गरिदा राजमार्गका क्षेत्रहरू सफा देखिने र पैदल यात्रीहरूले पनि दुख नपाउने उनको भनाइ छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved