विराटनगर । विराटनगरको कोशी अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको बहिरंग(ओपीडी) सेवा बन्द भएको छ ।
अस्पतालले सूचना टाँस गरी ओपीडी सेवा बन्द गरिएको सर्वधारणलाई जानकारी गराएको छ ।
कोशी अस्पतालका चार जना स्वास्थ्यकर्मीमा कोभिड १९ पुष्टि भएको छ । अस्पतालले गेटमै सूचना टाँस गरी संक्रमणको कारण सेवा दिन नसकिने जनाएको हो ।
अस्पतालले ओपीडी सेवा सुरु गरेपछि दैनिक ५ सय भन्दा धेरै बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् । तर, विषम परिस्थिति र संक्रमण त्रासका कारण अहिलेलाई ओपीडी सेवा बन्द गरिएको अस्पतालका मेसु चुमनलाल दासले बताएका छन् ।