इटहरीलाइ तत्काल लकडाउन नगर्ने "अत्यावश्यक बाहेक सबै सेवा बन्द"

  • साउन १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालीकामा कार्यरत एक इञ्जिनियरलाइ कोरोना संक्रमण पुष्टि भए पछि इटहरी बजार तत्काल लकडाउन नगर्ने प्रमुख जिल्ला अधिकारी सहित बसेको आपतकालिन बैठकले निणर्य गरेको छ ।
इटहरी उपमहानगरकै कर्मचारीमा कोरोना पुष्टी भएपछि तत्काल लकडाउन गर्ने या नगर्ने लगायत अन्य विषयमा छलफल गर्न बिहीबार बिहान इटहरी अस्पताल परिसरमा आपतकालीन बैठक बसेको थियो ।

बैठकमा इटहरीका जनप्रतिनिधिहरूले तत्काल शहरलाइ लकडाउन नगर्ने तर इटहरी उपमहानगर कार्यालयमा अति आवस्यकयि बाहेक सबै सेवाहरू बन्द गरीने साथै सबै वडा कार्यालयहरूको कामहरू पनि बन्द गर्ने सुझाव दिएका थिए ।
इटहरीमा समुदाय स्तरमा कोरोना फैलिरहदा शहरलाइ तत्काल लकडाउन नगर्ने आवस्यक सचेतना अपनाइने, कोरोना पुष्टी भएका संक्रमित कर्मचारीको सम्पर्कमा आएका सबैको पिसिआर टेस्ट गरिने निर्णय भएको वडा नम्बर ६ का वडाध्यक्ष दिपक गौतमले बताए ।

गौतमले तत्काल लकडाउन गर्दा समस्याको सामधान नहुने बताउदै समुदाय स्तरमा कोरोना फैलिएको भनिए पनि पहिला पिसिआर टेस्टको दायरा बढाउने अनी आएको रिपोर्ट अनुसार के गर्ने भनि अर्को निर्णय गर्न सकिने बताए ।
बैठकमा सहभागी इटहरी अस्पतालका इमरजेन्सी बिभाग प्रमुख राम कुमार धमलाले उपमहानगरकै कर्मचारीमा कोरोना पुष्टी हुनुले अब समुदाय स्तरमा कोरोना फैलिएको बताए । हाल देखिएको कोरोना चौथो चरणमा प्रवेश गरेको र समुदाय स्तरमा फैलिने उनले बताए । उनले भने, ‘अब पनि सामान्य ठाने भोलीको दिनमा ठुलो मानविय क्षती हुने र बेलैमा सावधानी अपनाउनु पर्छ ।’

इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले पनि तत्काल शहरलाइ लकडाउन नगर्ने तर भिडभाड हुने स्थानमा आवश्यक सचेतना कार्यक्रमहरु गर्ने बताए । उनले भने, ‘हाललाइ कोरोना संक्रमित भनिएका कर्मचारीको सम्पर्कमा आएका अन्यको पिसिआर टेस्ट गराइने र त्यसपछि आएको नतिजाले के देखाउछ हेरेर अघि बढनेछौं ।’

सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलले कोबिड १९ कोरोना भाइरसका कारण पुरै बिश्व आक्रान्त बनिरहेको बेला इटहरीमा पनि संक्रमित भेटिएकोले शहरमा खतराको संकेत देखिएको र बेलैमा सावधानी अपनाउन सुझाव दिएका छन ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved