विराटनगर, १४ साउन । प्रदेश १ माआज ९ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा ८ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
मोरंगको विराटनगरमा ३ पुरुष, १ महिला, मिक्लाजुङमा २ पुरुष, सुनबर्षीमा १ पुरुष, रंगेलीमा १ महिला र सुनसरीको धरानमा १ पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयकाप्रवक्ता डा. सुरेश मेहताले बताउनुभयो ।
प्रदेश १माकोरोना संक्रमितको संख्या ९ सय ७५पुगेको छ । प्रदेश १ माआज ८ सय ६९ जनाको पीसीआर परीक्षणगरिएको छ। पीसीआर परीक्षणगरिएका मध्ये २ महिला र ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता डा.मेहताले बताउनुभयो।
प्रदेश १माआज सम्म ४१ हजार ७सय १० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकासमन्त्रालयले जनाएकोछ ।