बिपि प्रतिष्ठानमा लकडाउन घोषणा

  • साउन १४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । अस्पताल भित्रै कोरोना संक्रमण भेटिए पछि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लकडाउन घोषणा गरिएको छ । प्रतिष्ठान ले बुधबार सुचना जारी गर्दै अर्को सूचना जारी नहुन्जेलसम्म लकडाउन गरिएको जानकारी गराएको छ । प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थी लगायत सम्बद्ध सबै पक्षहरूले अनिवार्य रूपमा लकडाउन पालना गर्नु गराउनु र कहीँ कसैले यसको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने उल्लेख गरिएको छ ।

प्रतिष्ठानमा आवास र छात्रावास प्रयोग गरी बसोबास गर्ने सम्पूर्ण शिक्षक, कर्मचारी तथा तीनका आश्रित परिवार लगायत विद्यार्थीहरूलाई अत्यावश्यक काममा बाहेक आफ्नो आवास बाहिर नजान सूचित गरिएको छ ।

प्रतिष्ठानको हाताभित्रको खेलमैदान, सडक र अन्यत्र हिँडडुल गरेको पाइएमा सुरक्षाकर्मीद्वारा कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ । यसैगरी प्रतिष्ठानका शिक्षक,कर्मचारी लगायत विद्यार्थीहरूले प्रतिष्ठान बाहिर अन्यत्र स्थान जिल्ला जानु परेमा प्रतिष्ठानबाट पूर्व स्वीकृति लिएर मात्र जानु पर्ने छ । पूर्व स्वीकृति नलिई गएको पाइएमा कानुन बमोजिम कारबाही हुनेछ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved