बिराट शिक्षण अस्पतालका चिकित्सकको सम्पर्कमा रहेका ४ जनामा कोरोना संक्रमण पुष्टि

  • साउन १२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर गत साताको मंगलबार संक्रमण पुष्टि भएका बिराटनगरको एक अस्पतालका चिकित्सकको सम्पर्कमा आएका ४ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

संक्रमित डाक्टरको सम्पर्कमा आएका ५८ जनाको स्वाब शुक्रबार संकलन गरिएको थियो । संक्रमण देखिएका चारै जना अस्पतालकै कर्मचारी रहेका छन् । पोजेटिभ देखिएका चारजना स्वास्थ्यकर्मी एवं स्टाफ नर्स हुन् । अरु ५४ जनाको पीसीआर रिर्पोट भने नेगेटिभ आएको छ ।

अस्पतालका कर्मचारीहरुले प्रदेश सरकार, स्थानीय सरकारलाई संक्रमण देखिएको स्थानमा कार्यरत सबै कर्मचारीको पीसीआर परीक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।

अस्पतालमा करिब तीन सयको संख्यामा कर्मचारी कार्यरत रहेको रहेका छन् । पहिलोचरणको परीक्षणमा नेगेटिभ रिपोर्ट आएका एक कर्मचारीले अस्पताल सिल गरेसँगै सबैको परीक्षण गर्न आवश्यक रहेको बताए ।

संक्रमित चिकित्सक रहँदै आएको बुढीगंगा गाँउपालिकाको टंकीसिनुवारीमा अवस्थित विराट शिक्षण अस्पतालमा समेत पीसीआरको दायरा बढाउनु पर्ने जोड दिएका छन् ।

गएको मंगलबार अस्पतालका ६५ वर्षीय चिकित्सकमा पहिलोपटक संक्रमणको पुष्टि भएको थियो ।

संक्रमण थाहा पाएपछि ती चिकित्सक सम्पर्क बिहीन भएका थिए ।

एक रात बीपीमा भर्ना भएका उनी शनिबार काठमाडौँको शिक्षण अस्पतालमा भर्ना भएकाछन् । महानगरले विराटनगर अस्पतालमा आवतजावत रोक्ने गरि सीलबन्दी गरेको छ ।

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सांसद र डीएसपीको का ...

मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पू ...

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved