धरान । धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतीको कार्यकक्षबाट विपी कोइरालाको फोटो हटाएको विषयमा विभिन्न सामाजिक सञ्जाल र केहि अनलाईन न्युजपोर्टलहरुले समाचार प्रकाशन गरे ।
सामाजिक सञ्जाल फेसबुक र केही अनलाईन पोर्टलको समाचारलाई आधार मानेर धेरै ब्यक्तिहरुले त्यसको विरोधपनि गरे । नेपाली कांग्रेशका प्रदेशसभाका सचेतक केदार कार्किले समेत फेसबुकमा आपत्ती जनाउदै स्टाटस लेख्न भ्याए । तर उपकुलपतीको कार्यकक्षबाट फोटो हटाइएको हो की हैन भन्ने विषयमा बास्तविकता बुझ्ने तर्फ ध्यान कसैको पुगेको देखिएन । बास्तविकता बुझ्न कोशीपत्र दैनिकका प्रतिनिधि आइतबार विहानै प्रतिष्ठानका उपकुलपतीको कार्यालय तथा कार्यकक्षमा पुगे । त्यहाँ सामाजिक सञ्जालमा प्रचार गरिए जस्तो अबस्था थिएन ।
उपकुलपतीको कार्यालयको प्रबेश गर्ने ढोकाको अगाडी पटि राखिएको तस्विर जस्ताको तस्तै देखियो । उपकुलपतीको कार्यकक्षमा भने केही फरक पाइयो । यस अघि विपी कोइरालाको मात्र तस्विर राखिएको कार्यकक्षमा अहिले राष्ट्रिपती,प्रधानमन्त्री र विपी कोइरालाको तस्विर राखिएको छ ।
विपी कोइरालको फोटो सहित राष्ट्रपती र प्रधानमन्त्रीको फोटो राखिएको छ ।‘हामीले उपकुलपती ज्युको अगाडी राष्ट्रपती,प्रधानमन्त्री र विपी कोइरालाको तस्विर राख्न खोजेका थियौ तर ठाउ नमिलेकाले पहिलेकै ठाउमा राष्ट्रिपती र प्रधानमन्त्रीको फोटो थपिएको हो,फोटो हटाइयो भन्ने हल्ला बद्नाम गर्न पुर्वाग्रही ढंगबाट गरिएको हो उपकुलपती प्राडा ज्ञानेन्द्र गिरीका सल्लाहकार दिलीप भट्टराईले भने ।
उपकुलपती ज्युले विपी कोइरालाको पुरानो फोटोलाई नयाँ बनाउने तथा प्रतिष्ठान भित्र विपी कोइरालाको पुर्णकदको सालीक समेत बनाउने कुरा पदभार ग्रहण गर्दै भन्नु भएको छ र त्यको प्रकृया समेत हुदैछ,अहिले भित्तामा टासिएको फोटो हटायो भनेर प्रचार गर्नु भनेको प्रतिष्ठानको बद्नामी गर्नु हो,फोटो हटाइएको विषय र लगाइएका आरोपहरु पुर्वाग्रह हुन्,यसमा कुनै सत्यता छैन भट्टराईले भने । प्रतिष्ठानको विकास देख्न नचाहाने र अस्थिरता कायम गराउन चाहानेहरुको कुप्रचारको पछाडी नलाग्न म आम सर्बसाधरणलाई आग्रह गर्छु उनले भने ।
नेपाली कांग्रेशका सुनसरी सचिब सुजेन्द्र तामाङले बाहिर प्रचार गरिएको जस्तो बास्तविकता नभएको जनाए ।‘आज विहान हामी हेर्न गएका थियौ,फोटो हटाइएको हैन,राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्दा थोरै ठाउ सरेको रहेछ’ उनले भने । उपकुलपतीको कार्यकक्षबाट फोटो हटाएको भन्ने कुरा गलत रहेछ उनले भने ।