इटहरीमा फेरी काेराेनाकाे सन्त्रास : छैन सुरक्षा सतर्कता,संक्रमण फैलने खतरा " जनप्रतिनिधि भन्छन – प्रहरीले सुचनै दिएन"

  • साउन १०, २०७७
  • " तेजबहादुर बन"
alt

  इटहरी । इलाका प्रहरी कार्यालयको थुनुवा कक्षमा एक रात बिताएका २५ वर्षिय युवकमा कोरोना पुस्टी भएसंगै इटहरीमा पुन कोरोना सन्त्रास छाएको छ । राजस्व अनुशन्धान बिभाग इटहरीले राजस्व चुहावटको मुद्धामा पक्राउ गरी इटहरी प्रहरीमा बुझाएको २५ वर्षीय युवकमा कोरोना पुस्टी भएसंगै प्रहरी कार्यालय इटहरीमा उच्च सतर्कता अपनाइनुका साथै ८ जना थुनुवा सहित ५ जना प्रहरीको पिसिआर जाच गरिएको छ ।

विराटनगर घर भएका ती संक्रमित ब्याक्तिको गत साउन ६ गते स्वाव परिक्षण गदा कोरोना पोजेटिभ देखिएको थीयो । प्रहरीले संक्रमणबाट जोगिन आफ्नै तवरबाट सामाजिक दुरी कायम गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेपनि इटहरी क्षेत्रमा भने कुनै सुरक्षा सतर्कता अपनाइएको छैन । खुल्ला रहेका व्यापारीक महलहरूमा सामाजिक दुरी कायम नगरी कारोबार भइरहेको प्रत्यक्ष देखिएको छ । पसल सञ्चालकहरूले आ आफ्नो व्यवसाय अघाडी हात धुने साबुन पानी राखेका छैनन भने सेनिटाइजर र मास्क समेत प्रयोग गरेका छैनन । बिहान र साझ पख इटहरीको आइतबारे , बुधबारे , हङकङ मार्केट , गोरखा डिर्पाटमेन्ट स्टोर , सेन्ट्रल प्लाजा , हटीयालाइनमा स्थानीयहरूको भिड बाक्लो देखिएको छ ।

सम्बन्धित निकाय इटहरी उपमहानगर , उद्योग वाणिज्य संघ , इप्रका इटहरीले पनि पटक पटक कोरोना संक्रमणबाट जोगिन सावधानी अपनाउने बारे सचेतना सहित माइकिङ गरिरहदा ब्यवसायहरूले अपनाउनुपर्ने सावधानीमा हेलचेक्राइ गर्दै आएका छन । प्रहरीले सुचना नदिदा जनप्रतिनिधि अन्यौलमा यसैबिच इलाका प्रहरी कार्यालय इटहरीले समयमै सुचना नदिदा अहिले स्थानिय जनप्रतिनिधिहरू अन्यौलमा परेका छन । तत्काल इटहरीलाइ लकडाउन गर्ने या के गर्ने भन्ने बिषयमा कुनै बैठक या औपचारीक घोषणा गर्न स्थानीय सरकार अलमलमा परेको छ ।

समयमै प्रहरीले जानकारी नदिदा हामि अन्यौलमा छौ इटहरीका मेयर द्वारिकलाल चौधरीले भने । उनले पत्रकारले फोन गरेपछि मात्रै जानकारी भएको प्रहरीले औपचारीक जानकारी नगराएको बताए । त्यसतै इटहरी वार्ड नं ६ का वडाध्यक्ष दिपक गौतमले पनि प्रहरीले कोरोना पुस्टी भएको ब्याक्तिबारे कुनै जानकारी नदिएको बताए । आफु बिराटनगरमा रहेको र इटहरी आएपछि प्रहरीसंग बुझेर अब के गर्ने भन्ने बिषयमा जानकारी गराउने बताए । तर उनले पनि प्रहरी प्रसाशनले सुचना लुकाउनाले आफुहरू अन्यौलमा रहेको बताए । यता इटहरी उपमहानगरकि उपमेयर लक्षमी गौतम संग सम्पर्क गर्दा उनले पनि घटनाबारे कुनै सुचना प्राप्त नभएको र आफु कामको शिलशिलामा काठमाण्डौ रहेको पनि बताइन ।

जनता क्वारेन्टिन खाली गरिने यसैबिच कोरोना भाइरसको सन्त्रास छाइरहदा संक्रमणबाट प्रभावित या अन्य क्षेत्रबाट आएका पाहुनाहरूलाइ व्यवस्थापनकालागि गत चैत्र १२ गतेदेखि इटहरीको जनता कलेमा बनाइएको क्वारेन्टिन अब केहि समय पछि खाली हुने भएको छ । त्रिविले कलेज स्तरीय परिक्षा सञ्चालनको अनुमति दिएसंगै जनतामा बनाइएको क्वारेन्टीन खाली गराइने तयारी भइरहेको इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले बताए ।

कलेज प्रशासनले पनि क्वारेन्टिन खाली गराउन उपमहानगरलाइ आग्रह गर्दै आएको थीयो । उपमहानगरले क्वारेन्टीन निर्माण गरेपछि कलेजको भौतिक संरचना निर्माण मा प्रत्यक्ष प्रभावित परेको थीयो । अब कलेजमा बनाइएको क्वारेन्टीन तत्काल खाली गराइ होटल तथा होम क्वारेन्टिनलाइ प्राथमिकता दिने तयारी भइरहेको मेयर चौधरीको भनाइ छ ।

यता इटहरी उपमहानगरका स्वास्थ्य शाखा प्रमुख रामचरणा चौधरीले हाल जनता कलेजको क्वारेन्टिनमा ४३ जना रहदै आएको बताएका छन । बैदेशिक रोजगारबाट फर्किएका , भारतको बिभिन्न क्षेत्रबाट घर फर्किएका ४३ जनलाइ जनता कलेजको क्वारेन्टिनमा राखिएको उनले बताए । ४३ जनानै इटहरी वासी रहेको पनि स्वास्थ्य शाखाका प्रमुख चौधरीले बताए ।

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सांसद र डीएसपीको का ...

मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पू ...

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved