इटहरीले एक दिन थुनामा राखेको व्यक्तिमा कोरोना पुष्टि

  • साउन १०, २०७७
  • "तेजबहादुर बन"
alt

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले एक दिन थुनामा राखेको ब्याक्तिमा कोरोना पुस्टी भएपछि हाल प्रहरी कार्यालयमा उच्च सतर्कता अपनाइएको छ ।

राजस्व चुहावटको मुद्धामा गत साउन ४ गते सशस्त्र प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय इटहरीमा बुझाएको ब्याक्तिलाइ कोरोना पुस्टी भएसंगै प्रहरी कार्यालयमा उच्च सतर्कता अपनाइएको हो । आन्तरिक राजस्व अनुशन्धान बिभागको कार्यालय इटहरीले राजस्व चुवाहटको मुद्धामा उक्त ब्याक्तिलाइ नियन्त्रणमा लिइ इटहरी प्रहरीको जिम्मा लगाएको थीयो ।प्रहरी कार्यालयमा जिम्मा लगाउन अघि नै ति ब्याक्तिको पिसिआर चेकजाच गरिएको थीयो ।

बिभागले थुनामा राख्न पठाएको २५ वर्षिय युवकलाइ कोरोना पुस्टि भएसंगै प्रहरी कार्यालयको थुनामा रहेका ८ जनाको पिसिआर चेकजाच तयारी थालिएको छ । ४ गते कोरोना संक्रमित भनिएका ब्याक्ति इप्रका इटहरीको थुनुवा कक्षमा रहेका ८ जना संगै बसेको पनि पुस्टी भएको छ । संगै बसेका ८ जना थुनुवाहरूको आजै िपसिआर चेकजाच गरिने इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

४ गते प्रहरी कार्यालयमा बुझाएका ब्याक्तिमा सोहि साझ कोरोना पुस्टी भएपछि उनलाइ तत्काल मोरङको गोठगाउ स्थित आइसोलेसन वार्डमा राखि उपचार सुरू गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

यता युवकलाइ कोरोना पुस्टी भएसंगै अहिले इलाका प्रहरी कार्यालय इटहरीमा उच्च सतर्कता अपनाइएको जनाइएको छ । संक्रमित युवकको आसपास पुगेका ४ जना प्रहरी जवानहरूलाइ बेग्लै राखेर उच्च सतर्कता अपनाइएको जनाइएको छ । प्रहरी कार्यालयमा आउने जानेहरूलाइ गेट बाहिरै साबुन पानीले हात धुन लगाउने मास्क अनीवार्य लगाउने र सामाजिक दुरी कायम गरी काम गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

कोशी सरकारको नीति तथ ...

विराटनगर । कोशीको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । ...

सांसद र डीएसपीको का ...

मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित पू ...

गहुँगोरो वर्ण, कालो ...

बराहक्षेत्र/२०८२ जेठ ४ — सुनसरीको बराहक्षेत्र नगर ...

जनताको सास्ती, सरकार ...

झापा/झापा जिल्लाको अर्जुनधारा नगरपालिका–५ स्थित ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved