धरान / वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार गरिएको स्वाब परिक्षणमा दुई जनामा कारोना संक्रमण पुष्टि भएको छ । केही दिन अघि जनकपुर बाट आएका एक व्यक्ति र प्रतिष्ठानमै एमबिबिएसको फाइनल प्राक्टिकल परिक्षा दिन भारतबाट आएकी एक छात्रामा कोरोना पोजिटिभ देखिएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार जनकपुरबाट आएका व्यक्तिलाई आउने बित्तिकै कोरोनाको शंका गरिए पछि सिधै आइसोलेसनमा राखिएको थियो । आइसियुमै राखेर उपचार गरिरहेका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । उनलाई अहिले भेन्टिलेटर सहितको आइसोलेसनमा सिफ्ट गरिएको छ ।
उनको उपचारमा शुरुवात देखिनै सावधानी अपनाएका कारण कुनै समस्या रहेको डा. सापकोटाले बताए । आइतबार नै गरिएको स्वाब परिषणमा एमबिबिएसको प्राक्टिकल परीक्षा दिन भारतबाट आएर होस्टल क्वारेन्टाइनमा रहेकी एक छात्रामा संक्रमण पुष्टि भएपछि उनलाई पनि आइसोलेसनमा स्थानान्तरण गरिएको छ ।