तरकारी किसानमा बजारको चिन्ता, विचौलियाले खान्छन बजार मूल्य

  • साउन ५, २०७७
  • "भगीरथ भण्डारी"
alt

इलाम / सूर्योदय नपा १३ की ७३ वर्षीया टीका ढुङ्गेलको मुख्य आम्दानीको स्रोत भनेको तरकारी नै हो । हप्ताको एकपटक स्कुसको टुप्पा र काँक्रा टिपेर बेच्ने गरेकी टीकाले पनि हप्तामा तरकारीबाटै तीन हजार रुपैयाँको हाराहारीमा हात पार्ने गर्थिन । तरकारी खेतिमा लागेकी टीका यस पटक तरकारीखेतीबाट सन्तुस्ट हुन सकिनन् ।

त्यस्तै सूर्योदय नपा १४ कै बिन्दु पौडेलले गतवर्ष हप्तामा दुई सयदेखि तीनसय मुठा टुप्पा बेचे पनि यो सिजनमा त्यसरी बेच्न सकिनन् । दुई रोपनी जति बारीमा फैलिएको स्कूसको टाँडबाट हप्तैपिच्छे मुण्टा टिप्दा त्यति हुन्छ । टुप्पाबाटै हप्तामा चार हजार पाँचहजार सम्म हुन्थ्यो तर यसपटक उत्पादन भएको तरकारी बेच्न समस्या भएको छ । उनी भन्नि तरकारी बेचेर घर चलाउने गर्थे यस पटक भर चलाउन त परै जाओस लगानी उठाउनै समस्या हुने भएको छ ।

उता सोही ठाउँकि हुेमकुमारी दम्पत्तिले पनि तरकारी खेती गरिरहेका छन । उनीहरुको बारीमा स्कुसको मुण्टा र काँक्रा उत्पादन भइरहेको छ । गत वर्ष एक हप्तामा दुई सयदेखि तीन सय मुठासम्म स्कुसको मुण्टा (टुप्पा) टिपेर बेचेपनि यस पटक बेच्नमा समस्या भएको छ ।

इलामका सूर्याेदय, इलाम र देउमाई नगरपालिकाका तथा माइजोगमाई र सन्दकपुर गाउँपालिकाका किसानले यो सिजनमा इस्कुसको मुन्टा, आलु, बेमौसमी काँक्रा, सिमी, मुला, धनियाँ, प्याज, लसुनलगायत तरकारी उत्पादन गरेका छन् । तर, उत्पादनले बजार नपाउँदा उनीहरूले ‘कौडीको भाउ’मा बेच्नुपरिरहेको छ ।

उत्पादन भएको तरकारी झापाको चारआली, बिर्तामोडलगायत बजार पुग्छ । स्थानीय व्यापारीले किसानबाट संकलन गरेको तरकारी नजिकैका बजारमा पु¥याउने गरेका छन् । किसानको बारी बाटनै व्यापारिले तरकारी उठाएपछि बजारको मूल्य व्यापारीको हातमा पर्छ । ठूलो लगानी गरेर तरकारीको व्यावसायिक खेती गरिरहेका स्थानीय किसान चाहिँ तरकारीको मूल्य नपाएर छट्पटाई रहेका छन भने व्यापारी भने ,लुकि छिपी तराईबाट तरकारी ल्याउने र बेच्ने गरीरहेका छन ।
इलाका किसानले तरकारी खेतीबाट लाखौं रुपैयाँ कमाइरहेका भएपनि तरकारी बेच्न समस्या भएपछि खेतीमा गरेको लगानी उठाउनै नसक्ने भएका छन ।

चैत्र ११ गते देखि भएको लकडाउनले तरकारी उत्पादनको सिजनमै समस्या पारेपछि तरकारी बेच्न समस्या भएको छ । बिचौलियाको मार्का खेपिरहेका किसान यस पटक लकडाउन र विचौलीया दुवैका मार्का खेपिरहेका छन । बन्दको असर देखाउदै तरकारीमा बिचौलियाले अवसर लिरहेका छन ।

जिल्लामा किसानले समूह गठन गरेर र व्यक्तिगत रूपमा पनि तरकारीको व्यावसायिक खेती गरिरहेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा तरकारी खेती गर्न तीन सय ३७ र बेमौसमी तरकारी खेतीका लागि दुई सय ३३ कृषक समूह गठन भएका छन् । आलु खेतीका लागि मात्र पनि जिल्लामा २५ कृषक समूह गठन भएको केन्द्रले जनाएको छ ।

किसानले विशेषगरी बेमौसमी तरकारी उत्पादन गरिरहेका छन् । केन्द्रका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा जिल्लामा बैमौसमी रूपमा चार हजार एक सय ९७ मेट्रिक टन (मेट) बन्दा, तीन हजार नौ सय १८ मेट काउली, तीन सय दुई मेट गाजर, नौ सय ८८ मेट मुला, दुई सय ७२ मेट मटरकोसा र ६ सय मेट गोलभेंडा उत्पादन भएको थियो ।

त्यो वर्ष जिल्लामा पाँच हजार तीन सय ४४ मेट काउली, सात हजार नौ सय १८ मेट बन्दा, तीन सय ३१ मेट ब्रोकाउली, दुई हजार तीन सय ४९ मेट मुला, दुई सय २१ मेट गाजर, नौ हजार ६ सय ४८ मेट रायो, पाँच सय ७१ मेट मटरकोसा र नौ सय ६९ मेट गोलभेंडा, १६ मेट धनियाँ र एक हजार तीन सय ९० मेट लसुन÷प्याज तथा २३ मेट चम्सुर, मेथी र पालुंगो उत्पादन भएको केन्द्रले जनाएको छ ।

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved