धरान / एन आइसी एसिया बैंकले ८.२५ प्रतिशत ब्याजदर र ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा घर , सवारी र व्यवसाय कर्जाको सुपर चमत्कारीक योजना सञ्चालनमा ल्याएको छ ।
बैंकले असार १९ गते देखि यो योजना सञ्चालनमा ल्याएको हो । यो योजना नेपालकै बैँकिङ क्षेत्रकै सर्वाधिक न्युन ब्याजदर भएको बैंकको दाबी रहेको छ । ब्याजदर १ वर्ष सम्म परिवर्तन नुहुने र अन्य बैँकमा रहेको कर्जालाई पनि स्थान्तरण गर्न सकिने गरि यो योजना सञ्चालनमा ल्याएको बैंकका प्रदेश १ प्रमुख दिवाकर भटराईले बताए ।
प्रदेश १ प्रमुख दिवाकर भट्टराईका अनुसार सुपर चमत्कारिक घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद , घर निमार्ण , घर निमार्ण गर्नका लागि जग्गा खरिद गर्न आदि वित्तिय सेवा सुविधा लिन चहानेहरुको लागि बैंकले कर्जा उपलब्ध गराउने भएको छ ।
त्यस्तै गरी रातो प्लेटको निजि तथा व्यवसायाका लागि सवारी र विद्युतीय सवारी लिन चहानेहरुले सुपर चमत्कारीक सवारी कर्जा लिन सक्ने भएका छन् ।
प्रदेश प्रमुख भट्टराईका अनुसार लकडाउनका कारण प्रभावित हुदैँ गएका साना तथा मझौला व्यवसायलाई प्रोत्साहन गर्न बैकंले सुपर व्यवसायिक कर्जा प्रदान गर्ने बताए ।
भट्टराईले भने “सहज रुपले कर्जा प्रदान गर्ने रणनिति अनुरुप आवश्यक कागजात प्राप्त भएपछि ४८ घण्टा भित्र बैंकले यी तीन सुपर चमत्कारीक कर्जा बारे निर्णय दिनेछ” ।