इलाममा एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि

  • साउन १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम । इलाममा एकै दिन ६ जनामा कोरोनाको पुष्टि भएको छ । कोरोना पुष्टि हुने सवै इलाम नगरपालिकाका छन् । इलाम नगरपालिका–८ का १जना, इलाम नगरपालिका १० का ३ जना र इलाम नगरपालिका ७ का २ जनामा कोरोनाको पुष्टि भएको इलाम अस्पतालका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिएका छन् ।

कोरोना पुष्टि हुने सवै ४० वर्ष मुनीका पुरुष रहेको जनाइएको छ । जिल्ला समन्वय समितिकाको क्वारेन्टाइनमा बसेकाहरुलाई कोरोना पुष्टि भएको हो । कुवेत साउदी, कतार, गृषबाट आएका एकएक जना, भारतबाट आएका एक जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवान छन् । पाँच जना १७ गते क्वारेन्टाइनमा आइपुगेका हुन् । सेनाका जवान भने क्वारेन्टाइनको सुरक्षाका लागि खटिएका थिए ।

उनीहरुको गत २८ गते स्वाब परिक्षणको लागि पठाइएको थियो । कोरोना पुष्टि भएकाहरुलाई मोरङ्गको गोठगाउँ कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको इलाम नगरपालिकाले जानकारी दिएको छ । इलाममा यसअघि १६ जनामा कोरोना पुष्टि भएको थियो भने १० जना निको भएर फर्किसकेका छन् । इलाममा एकैदिन यति धेरैमा कोरोना पुष्टि भएको यो पहिलो पटक हो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved