आज थप ११६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ११६ जनामा संक्रमण पोजेटिभ पुष्टि भएको जानकारी दिए ।
यो सगै नेपालमा संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । संक्रमित मध्ये मृतकको संख्या ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या १० हजार ३२८ जना रहेका छन् ।
नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।