धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १२ जना डिस्चार्ज भएका छन् ।
उनीहरु २ वर्षको वालीका देखि४५ वर्ष सम्मका व्यक्तिहरु झापाका ८जना ,खोटाङका ३ जना,सुनसरीका १ जना गरी जम्मा १२ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
महिला ८ जना र पुरुष ८ जना डिस्चार्ज भएका छन् ।
उनका अनुसार उनिहरु असार ७ देखि १९ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए ।
प्रतिष्ठानमा हाल पुरोनो २३ जना र नयाँ ५ जना गरी जम्मा २८ जना उपचाररत छन् भने २३९ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।
हाल सम्म प्रतिष्ठानमा ११,२२३ पिसि आर परिक्षण गरिएको छ ।