विराटनगर । प्रदेश १ मा शनिबार १३ जना कोरोना संक्रमित थपिएका छन् । ७ जना भने रोग ठिक भई घर फर्किएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरी र उदयपुरमा चार चार जना, मोरङमा तीन र झापामा दुई जनामा संक्रमण देखिएको हो ।
नयाँ संक्रमितमा सुनसरीको धरानका चार जना पुरुष, उदयपुरको बेलकाका चार जना पुरुष, मोरङको विराटनगरका दुई जना पुरुष, मोरङको सुन्दरहरंैचाका एक पुरुष र झापाको भद्रपुरका दुई जना पुरुष रहेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २१ पुगेको छ ।
प्रदेश १ मा आजै ७ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत झापा, इलाम, मोरङका दुई दुई जना र सुनसरीका एक जना कोरोना ठिक भई डिस्चार्ज भएका हुन । उनीहरु असार १२ देखि १७ गतेसम्म अस्पतालमा भर्ना भएका थिए ।