धरान/ बैदेशिक रोजगार बाट फर्किएर क्वरेन्टाइनमा बसेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाको एन्फा क्वारेनटाइनमा बसेका ४ जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमितहरू धरान १३ का ६६ वर्षीय पुरुष र धरान ८ का ३७ वर्षीय पुरुष बराइनबाट आएका हुन भने धरान ८ का २५ वर्षीय पुरुष र धरान ५ का २६ वर्षीय पुरुष साउदीबाट एन्फा क्वारेनटाइनमा आई पुगेका हुन् ।
बराइनबाट २२ गते र साउदीबाट २३ गते नेपाल आई पुगेका उनीहरू चतरामा रहेको होल्डीङ सेन्टर हुँदै धरान १७ को एन्फा क्वारेनटाइनमा आई पुगेका हुन् । उनीहरूमा कोरोना पोजेटिभ देखिएपछि अहिले उनीहरूलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा पठाउने तयारी भइरहेको छ ।