धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप १० जना डिस्चार्ज भएका छन् ।
उनीहरु ४देखि ४७ बर्ष सम्मका व्यक्तिहरु झापाका १० जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
महिला ७ जना र पुरुष ३ जना डिस्चार्ज भएका छन् ।
उनका अनुसार उनिहरु असार १०, १७१८, र २२ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए ।
प्रतिष्ठानमा हाल ३५ जना उपचाररत छन् भने २२७ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।
हाल सम्म प्रतिष्ठानमा ११,१६४ पिसि आर परिक्षण गरिएको छ ।