धरान । जन्मदै देखि मलद्वार बन्द हुने समस्याबाट पिडित बनेका धरान ६ पानवारीका प्रसान्त मुदेलको शल्यक्रिया पछि घर फर्किएका उनलाई थप औषधी उपचारका लाई ५५ हजार २ सय ६६ रुपैया सहयोग प्रदान गरिएको छ ।
होप धरानको पहलमा मुदेलको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो । क्लोसट्रोमी रोगबाट पिडित बनेका उनको प्रतिष्ठानका विशेषज्ञ चिकित्सक राजेश शाहको टोलिले शल्यक्रिया गरेको थियो । उनको उपचारका लागि संकलन भएको रकम मध्ये बाँकी रहेको ५५ हजार २ सय ६६ रुपैया औषधीका लागि दिइएको होप धरानका संयोजक निश्चल पलिखेले बताए । उनका अनुसार प्रशान्तको उपचारका लागि १ लाख ५३ हजार ५ सय ७० रुपैया संकलन भएको थियो ।
उपचारमा ९८ हजार ३ सय ५ रुपैया खर्च भई बाँकी रहेको रकम परिवारलाई प्रदान गरिएको पलिखेले बताए । रकम प्रशान्तका बुबा प्रकाश मुदेललाई होप धरानका सह संयोजक अनुप खतिवडाले हस्तान्तरण गरेका थिए ।
शुक्रबार वडा नम्बर ६ का वडाअध्यक्ष भुवन सिंह बस्नेत, वडा सदस्य गोमा खनाल, देविका विश्वकर्मा, लगाएतको उपस्थितीमा रकम हस्तान्तरण गरिएको हो ।