आज थप ४८२ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सगै नेपालमा संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ४८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
कुल संक्रमितमध्ये २९ जनाको मृत्यु भएको छ।
थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
अछाम जिल्लाको रामरोसन गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रस व्रिफिङका क्रममा जानकारी दिए ।
पछिल्लो २४ घण्टामा थप १४६२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या ४६५६ जना रहेका छन् ।
नेपालमा हालसम्म सबै जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।