कोरोना ठिक भएर गोठगाउँबाट ७० जना डिस्चार्ज

  • असार ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश नम्बर १ बाट कोरोना ठिक भई विहीबार ७० जना डिस्चार्ज भएका छन् ।

मोरङको गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररतमध्ये ७० जना डिस्चार्ज भएका हुन ।

कोरोना ठिक भई डिस्चार्ज हुनेहरुमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका २,उदयपुरका ४, पाँचथर,भोजपुर र ताप्लेजुङका एक एक जना छन् ।

उनीहरु जेठ २५ देखि ३० गतेसम्म भर्ना आईसोलेसनमा भर्ना भएका थिए ।

डिस्चार्ज हुनेमा १५ देखि ४८ वर्ष उमेर समूहका रहेको पूर्वाञ्चल विश्वविद्यालयका डिन डा.शैलेशमणि पोखरेलले जानकारी दिएका छन् ।

उनीहरुलाई बिदाइ गर्न स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतसहितको टोली गोठगाउँ पुगेको थियो ।

अब प्रदेश १ मा कोरोना रोग ठिक भई डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ । विहिबार थप ७ जना संक्रमण पुष्टि भएको छ ।

मोरङमा १, सुनसरीमा २ र झापामा ४ रहेका छन् । प्रदेश १ मा संक्रमितको संख्या ५ सय ३ पुगेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved