सरकारले सोमबारदेखि विद्यार्थीहरुलाई रेडियो र टिभीबाट पढाउने (तालिकासहित)

  • जेठ ३२, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt प्रतिकात्मक तश्वीर

काठमाडौं/विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ )को कारण विश्वका हेरक क्षेत्र प्रभावित भएका छन् ।
कोरोनाको प्रकोप कम तथा नियन्त्रण गर्न जारी गरेको लकडायनको कारण सबै क्षेत्र बन्द रहेका छन् ।

यसको प्रत्यक्ष प्रभाव विद्यार्थीहरुमा पनि परेको छ ।

लकडाउनका कारण विद्यालय जानबाट बञ्चित भएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेबाट रेडियो र टिभीबाट कक्षा सञ्चालन गर्ने भएको छ ।

सरकारले एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत पढाउन सुरु गर्ने तयारी थालेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ शुरु हुने रुटिन समेत जारी भइसकेको जानकारी दिएका छन् ।

उनका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ ।

शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाका अनुसार कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने भएको छ ।

 

1 2 3 copy 1

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved