अत्याधुनिक सिटि स्क्यान मेसिन खरिद गर्दै विपी प्रतिष्ठान

  • जेठ ३०, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

नेपालको पूर्वी क्षेत्रको रिफरल केन्द्र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यक सिटि स्क्यान मेसिन खरिद गर्ने प्रक्रिया सुरु भएको छ । प्रतिष्ठानमा रहेको सिटि स्क्यान मेसिन बर्षौं देखि बिग्रिएको अवस्थामा नयाँ उपकुलपति नियुक्ति सँगै आधुनिक सिटि स्क्यान मेसिन उपकरण खरिद प्रक्रिया शुरु भएको हो । आर्थिक बर्ष समाप्त हुनै लाग्दा प्रतिष्ठानको पहललाई सकारात्मक लिँदै स्वास्थ्य मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयद्वारा र​कमान्तर गरिएको २० करोड बजेटसँगै प्रतिष्ठानले अत्याधुनिक उच्च क्षमताको २५६ स्लाइस सिटि स्क्यान मेसिन खरिद प्रक्रिया सुरु गरेको हो ।

अस्पतालमा सिटी स्क्यान मेसिन नहुँदा बिरामीहरु चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा धाउन बाध्य रहेका थिए । निजी अस्पतालहरुमा सिटी स्क्यान गरेको ८ हजारदेखि १८ हजार रुपैयाँसम्म तिर्नुपर्छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै यो सेवा अत्याधुनिक उपकरणबाट पुनः सुरु भए बिरामीले निजी अस्पतालमा भन्दा प्रतिष्ठानमा आधा मूल्य कममै सेवा पाउनेछन् ।

प्रतिष्ठानले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवालाई अझ बढी प्रविधिमैत्री, सर्वसुलभ र नमुना अस्पताल बनाउने उद्देश्यका लागि अत्याधुनिक उच्च क्षमताको २५६ स्लाइस सिटि स्क्यान मेसिन खरिद गर्ने प्रक्रिया पहिलो पाईला रहेको प्रतिष्ठानका उपकुलपति प्रा।डा। ज्ञानेन्द्र गिरीले बताउनुभयो । अस्पतालको सेवा लिनआएका विरामी कुनै पनि सेवावाट बन्चित हुन नपरोस् भन्ने आफ्नो चाहना अनुरुप छिट्टै एमआरआई मेसिन, लगायत विभिन्न अत्याधुनिक उपकरण खरिद, सेवा विस्तार, ट्रमा सेन्टर, हृदय रोग केन्द्र, प्रत्यारोपण केन्द्र स्थापना लगायतका आफ्ना योजना रहेको उपकुलपति गिरीले जनाउनुभयो । हाल अस्पतालमा रहेको बेड सङ्ख्यालाई आगामी ३ बर्षमा २००० सैया बनाई नेपालकै सबैभन्दा ठुलो अस्पतालका साथै काठमाडौँमा उपलब्ध सम्पूर्ण सेवा मोफसलको धरानवाट नै जनताले पाउनेकुराको सुनिश्चितता गर्न आफु लागिपरेको कुरामा गिरीले जोड दिनुभयो ।

बढी स्लाइसको सिटी स्क्यानबाट निदान गर्दा छिटो हुने ,“रेडिएसन एक्पोजर कम” हुने र अर्कोतिर यसले स्पष्ट आकृति र तुलनात्मक रुपमा धेरै संख्यामा सेवा दिन सक्ने प्रतिष्ठानको रेडियोलोजी विभागका प्रमुख डा। मुकेश गुप्ताले जानकारी दिनुभयो ।

डा। गुप्ताका अनुसार नयाँ सिटी स्क्यान मेसिन बिरामीको नशा “एन्जिओग्राम”का लागिसमेत उपयोगी र प्रभावकारी हुने र हालसम्म प्रतिष्ठानमा भएका सिटी स्क्यानको तुलनामा यो निकै अत्याधुनिक रहेकाले मतिष्कघातलगायत मतिष्कभित्रका अन्य चोट, नसामा रगत जमेको, घाँटीको समस्या, क्यान्सर, हड्डीको समस्या, पेटको समस्यालगायत सबै प्रकारका जटिल रोगको निदानमा मेसिन उपयोगी हुने बताउनु भयो ।

यसअघि अस्पतालमा १६ स्लाइसको मेसिन उपलब्ध भए पनि बारम्बार बिग्रिएका कारण सेवा अवरुद्ध रहेको अवस्थामा अत्याधुनिक नयाँ सिटी स्क्यान मेसिन खरिद प्रक्रिया सुरु भएको हो ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved