सुनसरीमा एक भारतीय नागरिक सहित ३ जना कोरोना संक्रमित थपिए

  • जेठ २९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । भारतबाट काम गर्न फर्किएका एक भारतीय नागरिक सहित सुनसरीमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुको कोरोना संक्रमण पुष्टि भए संगै सुनसरीमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।

सुनसरीको हरिनगर क्वारेन्टाइनमा बसेका ३ जनामा संक्रमण देखिएको हो । संक्रमण देखिने हरुमा भारत घर भई सुनसरीमा रोजगारी गर्दै आएका एक भारतीय नागरिक रहेका छन् । उनी रोजगारीका लागि सुनसरी फर्केका थिए । हरिनगरमै बस्दै आएका उनी भारतबाट फर्के पछि स्थानीयले क्वारेन्टाइनमा लगेर राखेका थिए ।

त्यसै गरि रोजगारीका लागि भारत गएका हरिनगरकै एक जना र रामधुनीका १ जनामा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु गत जेठ १८ र २१ गते सुनसरी फर्केका थिए ।

एमाले धरानले आफ्नै व ...

धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार् ...

धरानमा यौन दुव्र्यवह ...

धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम् ...

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

धरान १३ बाट लागू औषध ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved