बराहक्षेत्रमा थप एक जनामा कोरोना संक्रमण पुष्टि "९१ जनामा अझै क्वारेन्टिनमा"

  • जेठ २७, २०७७
  • " सुबिन बिश्वकर्मा"
alt

बराहक्षेत्र/  बराहक्षेत्र नगरपालिका ६ स्थित महेन्द्र माबिको क्वारेन्टिनमा रहेका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

उक्त क्वारेन्टिनमा रहेका २० जनाको स्वाब संकलन गरिएकोमा मंगलबार एक जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको बराहक्षेत्र नगरपालिकाकि स्वास्थ प्रमुख सुलोचना चौधरीले जानकारी दिइन।

उनका अनुसार संक्रमित ब्यक्ति बराहक्षेत्र नपा ८ नम्बर वडाका ३० बर्षिय युवक हुन। स्वाब संकलन गरिएको हप्ता दिन ढिलो गरि आएको रिपोर्टमा २ जना स्वास्थकर्मीको पनि स्वाब परिक्षण गरिएको थियो जसमा दुबै जनाको जनाको पिसिआर रिपोर्ट नेगेटिभ देखिएको नर्सिङ प्रमुख दीपा अधिकारीले बताइन।

अधिकारीका अनुसार आज १४ जनालाई होम क्वारेन्टिनमा पठाएइको छ भने संक्रमित एक युवा सहित उनका ग्रुपमा रहेका ५ जनालाई यथास्थानमा राखिएको छ।

यसैगरी बराहक्षेत्रमा अन्य स्थानबाट आएका ब्यक्तिहरु कालाबंजरमा ७, मधुबनमा ११, प्रकाशपुरमा ५९ र चक्रघटिमा १४ जना गरि ९१ जना क्वारेन्टिनमा रहेका छन।

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

हिबिस्कसमा पाँचदिने ...

धरान/ धरान-१५मा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा ...

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved