एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विष्णु मेमोरियलको विशेष सम्मान

  • असार २१, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ विष्णु मेमोरियल माध्यमिक विद्यालय, धरानले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ।

राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको एसईई परीक्षामा यसपटक पनि विद्यालयले शतप्रतिशत सफलता हात पार्दै गौरवपूर्ण नतिजा सार्वजनिक गरेको हो। तीमध्ये छात्र रूपराज बरालले जीपीए ४.० ल्याएर विद्यालयको नाम अझ चम्काएका छन्।

विद्यालयले शनिबार आयोजना गरेको सम्मान कार्यक्रममा एसईई उत्तीर्ण सबै विद्यार्थीहरूलाई अभिभावकहरूको उपस्थितिमा प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको थियो।

संस्थापक अध्यक्ष वेनिन्द्र कटवालले यसपटक विद्यालयका ५ जना विद्यार्थीले पूर्ण जीपीए ल्याउने अपेक्षा गरिएको जानकारी दिँदै भने, “यो दुर्लभ नतिजा केवल परिश्रमी विद्यार्थी, समर्पित शिक्षक र अभिभावकहरूको निरन्तर सहयोगका कारण सम्भव भएको हो।”

गत वर्ष छात्रा गृष्मा लुइँटेलले विद्यालय इतिहासमै पहिलो पटक जीपीए ४.० ल्याएकी थिइन्। यसपटक पनि यो उत्कृष्टताको परम्परा दोहोरिएको अध्यक्ष कटवालको भनाइ थियो।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल निलमकुमार श्रेष्ठ, शिक्षक–शिक्षिकाहरू र अभिभावकहरू समेत सम्मानित भएका थिए। अभिभावकहरूले विद्यालयको नेतृत्व र शिक्षण पद्धतिप्रति आभार व्यक्त गरेका थिए।

२०४६ सालमा स्थापना भएको विष्णु मेमोरियलले २०५६ मा निम्न माध्यमिक, २०५९ मा माध्यमिक र २०६५ सालदेखि प्लस टु तहको अध्यापन सुरु गरेको हो।

प्लस टु सुरु भएदेखि अहिलेसम्म विद्यालयको नतिजा ९५ प्रतिशतभन्दा कम कहिल्यै आएको छैन।

“गुणस्तरीय शिक्षा, हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ विष्णुले केवल धरानमै नभई देशभर आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved