भारतबाट आएका ४१ जना एन्फा एकेडेमीको क्वारेन्टाइनमा

  • जेठ १९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान उपमहानगरपालिकाले बनाएको एन्फा एकेडेमीको क्वारेन्टाइनमा बसेका ४१ जना पुगेका छन् ।

धरानले एन्फा एकेडेमीलाई क्वारेन्टाइन बनाए पछि गत जेठ १४ गते देखि विभिन्न नाका हँुदै भारतबाट आएका स्थानीयहरुलाई राख्न थालेको छ ।

आज सोमबार मात्रै ९ जना भारतमा रहेका स्थानीयहरु आएर क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइनमा खटिएकी अनमी डुका घिसिङका अनुसार सोमबार बिहान आएका ५ जना पुरुष र दिउँसो २ जना पुरुष र दुई जना श्रीमान् श्रीमती आएका छन् । अहिले क्वारेन्टाइनमा बस्नेको संख्या ४१ पुगेको छ ।

बिहान आएका ५ जना भारतको वृन्दावनबाट आएका थिए भने दिउँसो १ जना दिल्ली, १ जना मध्यपुरा भारत, श्रीमान श्रीमती चै सिलगढीबाट आएका हुन् ।
कोरोनाको संक्रमण फैलिन शुरु भए पछि धरानले सैनिक आवासिय महाविद्यालयको क्वारेन्टाइनमा राख्दै आएको थियो, तर त्याहाका भवनहरु मर्मत गर्नु भए पछि धरान १७ स्थित एन्फा एकेडेमीलाई क्वारेन्टाइन बनाएको थियो । क्वारेनटाइनमा जेठ १४ गते भारतको पानीघट्टा निरपानीबाट काँकडभिट्टा नाका हुँदै आएका ७ जना, जेठ १५ गते भारतको सिलगढीबाट २ जना, खरसाङबाट १ जना गरी ३ जना, जेठ १६ गते ८ जना आएका थिए ।
त्यसै गरि जेठ १७ गते भारतको नागाल्याण्डबाट काँकडभिट्टा हुँदै आएका १ जना, जेठ १८ गते सुनसरीको भाण्टाबारी नाका हुँदै ८ जना र जनकपुर नाका हुँदै ३ जना भारतको दिल्लीबाट आएका ११ जनालाई पनि क्वारेनटाइनमा राखिएको छ । यस्तै गए राति २ जना महिला भारतको दार्जिलिङबाट आएकालाई पनि क्वारेनटाइनमा राखिएको छ ।

क्वारेनटाइनको सुरक्षा नेपाली सेनाले गरिरहेको छ भने २४ सै घण्टा स्वास्थ्यकर्मी पनि खटाइएको छ । क्वारेन्टाइनमा रहेका मध्ये १५ जना महिला छन् भने बाँकी पुरुष हुन् ।

क्वारेन्टाइनमा राखिएकाहरु कोही तीर्थयात्राको क्रममा लकडाउनले भारतमै अड्किएकाहरु हुन् भने कोही आफन्तको मरौंमा गएका र कोही रोजगारीको क्रममा भारत गएकाहरु हुन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved