२० संक्रमित थपिए, संक्रमित संख्या ५०७ पुग्यो

  • जेठ ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

नेपालमा शुक्रबार दिउँसो फेरि २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

बाँके र सुदुरपश्चिमका विभिन्न जिल्लामा गरी शुक्रबार थप २० जनामा काेराेना भाइरस देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

बैतडीको शिवनाथ १ का २२ वर्षिय पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका २८ वर्षीय पुरुष र कैलालीका १९, २३ र २६ वर्षीय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।

उनीहरुको सेती प्रादेशिक अस्पतालमा नमुना परीक्षण गरिएको थियो ।यसैगरी बाँकेमा १३ जनामा संक्रमण देखिएको छ ।

भेरी अस्पतालमा भएको परीक्षणमा १८ देखि ६१ उमेर समूहका पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरू नरैनापुरका छन् ।

एक जना राप्ती सोनारीका छन् । यस्तै मोरङको रतुमाइका ४१ वर्षीय पुरुषमा पनि पोजेटिभ देखिएको छ ।

योसँगै मुलुकमा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved