धरान उपमहानगर पालिका वार्ड नंं १४ ले वडमा कार्यरत स्वस्थ्यकमी, प्रहरी र सरसफाईकमीहरुलाई सम्मान् तथा प्रोत्साहत गरेको छ ।
शुक्रबार वडा कार्यालयमा आयोजित अनौपचारिक कार्यक्रममा उक्त सम्मान् तथा प्रोत्साहन गरिएको थियो । वडाको सरसफाईमा खटेका सरसफाईकमी, शान्ती सुरक्षमा खटिएका प्रहरी विटका प्रहरीहरु र स्वस्थ्यकमी तथा स्वस्थ्य स्वयमसेवीहरुलाई फुलमा र नगद समेतले सम्मान् गरिएको थियो । कोभिड १९ कोरोना संक्रमणको बेला चुनौतिका कार्यरतहरुको मनोवल उच्च बनाउन र प्रोत्साहन गर्न सम्मान् गरिएको १४ नं। वडाका वडाध्यक्ष कृष्ण प्रसाद भट्राईले बताए ।
धरानको धार्मिक पर्यटकीय क्षेत्रमा बनिरहेको रेडक्रस चैक देखि बुढासुब्वा मन्दिर सम्म जाने बाटो निर्माण कार्य शुरु गरिएको भट्राईले जानकारी गराए ।
वडाले स्थानीय समाजसेवी, टोल विकास संस्थाको सहकार्यमा राहत कार्यलाई प्रभावकारी बनाएको छ । बारीमा सागपात लगाउन प्रोत्साहान गर्न तरकारीको विरु वितरण समेत गरिएको वडा सचिव अनिष काफ्लेले जानकारी गराए ।
कार्यक्रममा विपत व्यवस्थापन समितिका सदस्य सीता पौडेल, वडा सदस्य शोभा पुलामी राई, मन्जिल कसजु, मनिषा वि।क। मणि सुन्दर खत्री लगायतको सहभागिता रहेको थियो ।