दश दिनमा दश हजारमा कोरोना परीक्षण गर्ने

  • जेठ १, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 प्रदेश १ सरकारले कोरोना भाइरसका शंकास्पद १० हजार जनाको परीक्षण गर्ने तयारी थालेको छ ।

प्रदेशका सबै १४ वटा जिल्लाका १० हजार भन्दा धेरै मानिसका कोराना पपरीक्षण गर्न सामाजिक विकास मन्त्रालयले तयारी थालेको हो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल विराटनगर, जनस्वास्थ्य प्रयोगशालाका प्रतिनिधिबीच आज भएको छलफलमा सामाजिक विकास मन्त्री जीवन घिमिरे पहिलो चरणमा दश दिनभित्रमा १० हजार व्यक्तिको परीक्षण गर्न आवश्यक रहेको बताए । भने,‘‘छिमेकी भारतमा रेलसेवा शुरु भएको छ । हाम्रो प्रदेशमा दश हजार जति मानिस आउने देखिन्छ । सबैको परीक्षण नगरी हुँदैन ।’’ तीर्थयात्रामा र श्रम गर्न गएकाहरु रेल सञ्चालनमा आए लगत्तै प्रवेश गर्ने सम्भावाना रहेको मन्त्री घिमिरेको भनाइ छ ।

अहिलेसम्म हटस्पट र कन्ट्याक्ट ट्रेसिङका माध्यमबाट परीक्षण हुँदै आएकोमा अब पुलिङ विधिपनि अपनाउनुपर्ने देखिएको मन्त्री घिमिरेले जानकारी दिएका छन् । हटस्पट र कन्ट्याक्ट ट्रेसिङ र पुलिङ विधिबाट परीक्षणका लागि प्रोटोकल तयार गर्न मन्त्रालयले ७ सदस्यीय विज्ञ टिम गठन गरेको छ ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत प्रा.डा.बसुधा खनालको संयोजकत्वमा ७ सदस्यीय विज्ञ समिति गठन गरेको हो । समिति सदस्यमा डा.सुरेश मेहता, जयवेन्द्र यादव, डा.कमाना शर्मा, डा.सन्तोष काफ्ले, केशव राई र सदस्य सचिवमा डा. नारायण भट्टराई रहनु भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

समितिलाई तीन दिनभित्रमा प्रोटोकल तयार गर्ने जिम्मेवारी दिईएको छ । यसैवीच सामाजिक विकास मन्त्रालयले कन्ट्याक्ट ट्रेसिङ, टेष्टिङ र ट्रिटमेन्टका लागि निर्देशिका निर्माण गरि काम गरिरहेको जनाएको छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved