प्रदेश १ सरकारको पहलमा बुधबारसम्म जम्मा ११ हजार १ सय १३ जनामा कोरोना भए नभएको परीक्षण

  • वैशाख ३१, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

प्रदेश १ सरकारको पहलमा बुधबारसम्म जम्मा ११ हजार १ सय १३ जनामा कोरोना भए नभएको परीक्षण भएको छ । सरकारले परीक्षणलाई तीव्रता दिएको हो । धरान र विराटनगरका तीनवटा ल्याबमा पीसीआर विधिबाट परीक्षण गर्ने प्रबन्ध भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार दू्रत परीक्षण (आरडीटी) र ल्याबमा गरिने परीक्षण (पिसिआर) दुबै विधिबाट कोरोना परीक्षण दायर र दरलाई तिव्रता दिइएको हो ।
परीक्षण गरिएका नमूनामा आरडिटीतर्फका ८ हजार ६ सय ४९ जनाको रिर्पोट नेगेटिभ आएको छ । यसैगरी पिसिआर विधिबाट परीक्षण गरिएका मध्ये जम्मा २ हजार ४ सय १५ जनाको रिर्पोट नेगेटिभ आएको छ ।
यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या कूल ६ सय ४२ जना छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३ जना छन् । बुधबार १ जना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा जम्मा ८ हजार २ सय १० जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सरकारले खडा गरेको कोरोना जनसुरक्षा कोषण्मा बुधबारसम्म २९ करोड १० लाख ३६ हजार ४ सय २२ रुपैयाँ जम्मा भएको छ । खर्च निकासा कट्टा गरी जम्मा बाँकी हुन आउने रकम १४ करोड १ लाख ३६ हजार २ सय ७२ रुपैयाँ छ ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved