कोशी अस्पतालबाट थप दुई जना डिस्चार्ज

  • वैशाख २८, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारमा रहेका दुईजना आइतबार डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमण ठिक भएपछि उनीहरुलाई अस्पताल प्रशासनले डिस्चार्ज गरिदिएको हो । रोग ठिक भई अस्पतालबाट बिदा हुनेमा भोजपुर हतुवागढीका २६ वर्षीय उपेन्द्र राई र झापा बा¥हदशीका ४० वर्षीय महाजिर आलम रहेका छन् ।
राई गत वैशाख १३ गते र आलम वैशाख १४ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको पछिल्लो पटक गरिएको स्वाव परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन ।
अस्पतालबाट डिस्चार्ज भएका दुवैजनालाई सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ, स्वास्थ्य कार्यालय मोरङका प्रमुख तथा कोभिड १९ उपचार केन्द्रका व्यवस्थापन संयोजक ज्ञानवहादुर बस्नेत लगायतले विदाई गरेका थिए ।
डिस्चार्ज भएका हतुवागढीका राईले गत फागुन ३० गते साउदी अरवबाट नेपाल आएको बताउनुभयो । झापा बा¥हदशीका आलमले फागुन २७ गते भारतबाट घर आएको बताउनुभयो । डिस्चार्ज भएका दुबै जनाले अस्पतालले भने अनुसार क्वारेन्टाईनमा १४ दिन बस्ने बताएका छन् ।
राईले भोजपुरको घोडेटारमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्ने बताउनुभयो । उहाँले तत्काल परिवारको सम्पर्कमा नजाने बताए । उनले भने,‘मेरा कारणले अरुलाई समस्या नहोस् ।’ बा¥हदशीका आलमले घरमै निर्माण गरिएको क्वारेन्टाईनमा बस्ने बताए । सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले बिदाई गर्दै अनिवार्य क्वारेन्टाईनमा बस्न सुझाव दिए । कोभिड अस्पतालमा उपचाररत आज २ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । अस्पतालमा १९ जना अहिले उपचाररत रहेको कोशी अस्पतालकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले बताइन ।

 

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved