महासंघका नेतृत्वलाई श्रमिकको सम्मन

  • असार ११, २०८३
  • कोशीपत्र/संवाददाता
alt

काठमाण्डौं/ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष सरोज सिटौला र प्रमुख सल्लाहकार विजयबहादुर स्वाँर सहित पदाधिकारीलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बधाई तथा सम्मान गरेको छ । 

संगठनको ४७ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत विहिबार कोटेश्वरमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा सम्मान गरिएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले जानकारी गराए । 

बधाई तथा सम्मान गरिएकामा अध्यक्ष र प्रमुख सल्लाहकार सहित महासचिव डेकनाथ गौतम सहित उपत्यकाबाट निर्वाचित पदाधिकारी रहेकाछन् । जसमा वरिष्ठ उपाध्यक्ष सानुकाजी प्रजापति, उपाध्यक्ष आत्माराम थापा, यादवलाल श्रेष्ठ, चन्द्रा ओझा, कान्छाराम थिङ, कान्छामान बल, जितबहादुर भारती रहेकाछन् । 

त्यस्तै उपमहासचिव देविन श्रेष्ठ, पुरुषोत्तम सिंखडा, सचिव चेतप्रसाद गौतम (अर्जुन), कोषाध्यक्ष राजेन्द्र आचार्य र बागमती प्रदेश संयोजक सुवन गिरी रहेकाछन् ।

कार्यक्रमका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले निर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मानपत्र हस्तान्तरण गर्दै नेपालको सार्वजनिक यातायात क्षेत्रमा भएको निजी क्षेत्रको लगानीको सुरक्षा, कार्यरत श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचिकरण सहितको संरक्षण र यात्रुको सुरक्षित यात्रा अधिकारलाई स्थापित गर्न यातायात क्षेत्रमा कार्यरत मजदुर संगठनहरु र यातायात व्यवसायीहरु सहकार्य गरेर अघि बढ्नुको विकल्प नभएको बताए । 

त्यस्तै नवनिर्वाचित महासंघका अध्यक्ष पूण्यप्रसाद सिटौला (सरोज) ले सरकार आक्रामक रुपमा अघि बढिरहेकाले हाम्रा साझा माग र म्द्धाहरुमा सहकार्यमा महासंघ सधैं प्रतिवद्ध रहेको बताए । उनले भने सार्वजनिक यातायातलाई प्रविधिमैत्री बनाउनुछ लगानीको सुरक्षा गर्ने नीति बनाउनुछ सबैले मिले काम गर्नुपर्छ । 

त्यस्तै महासंघका प्रमुख सल्लाहकारले मजदुरहरुको पृष्ठभूमिबाट महासंघको नेतृत्वमा पुगेका महासंघका अधिकांश हामीलाई मजदुर संगठनले सम्मान गरेकोमा खुशी लागेको बताए । 

कार्यक्रममा संगठन बागमती प्रदेशले आयोजना गरेको ७३ जना रक्तदाता यातायात मजदुरहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै बागमती प्रदेश कमिटीले आयोजना गरेको हाजिरीजवाफ प्रतियोतिमा प्रथम, द्धितिय र त्रितिय टिमलाई नगद पुरस्कार र ट्रफी प्रदान गरिएको थियो ।

यस वर्ष पनि धरान चुक ...

धरान/ संविधान अनुसार स्थानीय तहहरुले असार १० गते न ...

युएन नवोदय कलेजद्वार ...

धरान/  कोशी प्रदेश कै उत्कृष्ट कलेज धरान-१६ मा अवस ...

नयाँ ब्यान्ड ‘समकाली ...

इटहरी/ नेपाली संगीत बजारमा नयाँ ब्यान्ड ‘समकालीन& ...

यूएन नवाेदयकलेजकी रु ...

धरान/ मोफसलकै चर्चित रियालिटी शो ‘एसईई आइडल सिजन& ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved