प्रदेश १ मा शुक्रबार सम्म जम्मा ८ हजार ९ सय ९७ जनाको कोरोना परीक्षण

  • वैशाख २६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट शुक्रबारसम्म जम्मा ८ हजार ९ सय ९७ जनामा नमूना परीक्षण भएको छ । कोरोना भए नभएको पत्ता लगाउन दुबै विधिबाट नमूना परीक्षण भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोचा सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ७ हजार २ सय २ जनाको नमूना परीक्षण भएको छ । जसमा ७ हजार १ सय ८४ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पिसिआरबाट १ हजार ७ सय ९५ जनाको नमूना परीक्षणको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ७ सय १८ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या शुक्रबारसम्म कूल १ हजार २ सय १२ छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३ जना छन् । होम क्वारेन्टाइनमा जम्मा ७ हजार ८ सय ३५ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
प्रदेश सरकारले विराटनगरमा निर्माण गरेको कोशी कोभिड १९ उपचार केन्द्रबाट शुक्रबारसम्म एक महिलासहित १४ जना डिस्चार्ज भएका छन् । त्यहाँ ३१ जना संक्रमित उपचाररत थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved