कोरोना मुक्त भएका उदयपुरका ६ जना जमाती डिस्चार्ज

  • वैशाख २४, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

उदयपुरको एक मस्जिदमा रहेको समयमा कोरोना संक्रमण पुष्टि भएका मध्ये ६ जनाको कोरोना परिक्षणमा रिपोर्ट नेगेटिभ आए पछि डिस्चार्ज गरिएको छ ।
विराटनगरमा उपचार गराइरहेका ६ जना मुस्लिम धर्म प्रचारक जमातीहरुमा कोरोना संक्रमण नेगेटिभ देखिए पछि आज बुधबार उनीहरुलाई डिस्चार्ज गरिएको प्रदेश १ सामाजिक विकाश मन्त्री जीवन घिमिरेले जानकारी दिए । गत ५ र ६ बैशाखमा अस्पताल भर्ना भएका १३ जना मध्ये भारतीय नागरिक ६ जना डिस्चार्ज भएका हुन् ।
उनिहरु अस्पतालमा भर्ना भएको १८ दिनपछि कोरोना मुक्त भएका हुन् । डिस्चार्ज हुने सबैलाई हाल नेपाल–भारत दुवैतर्फ लकडाउन भएकाले उनिहरुलाई तत्काल विराटनगर–१६ रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने जनाइएको छ ।
कार्यक्रममा प्रदेश एक प्रमुख, प्रदेश एक सामाजिक बिकास मन्त्री, कोशी प्रादेशिक अस्पताल बिराटनगरका डाक्टर,नर्स भिभिन्न मन्त्रालयका सचिब तथा पत्रकारको उपस्थिति रहेको थियो ।

मैत्रीपूर्ण फुट्सलमा ...

धरान/ होली गार्डेन एकेडेमी, धरान–१ ले आयोजना गरेक ...

बराहक्षेत्र नगरपालिक ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिकाको आयोजनामा ...

भारतबाट गैरकानुनी रू ...

झापा/ भारतको पानीट्याङ्की हुँदै अनधिकृत रूपमा नेपाल प्र ...

नास्ट कलेज धरानद्वार ...

धरान/ नास्ट कलेज, धरानले कक्षा ११ मा भर्ना भएका नव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved