महेन्द्र क्याम्पसमा अनलाइनबाटै पठनपाठन

  • वैशाख २३, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसले स्नातकोत्तर तहका केही विषयमा अनलाइन कक्षा सञ्चालन गर्न थालेको छ ।

क्याम्पसले मानविकी, शिक्षा र व्यवस्थापन सङ्कायका केही विषयमा अनलाइन कक्षा सञ्चालन गरिरहेको क्याम्पस प्रमुख दामोदर भण्डारीले बताए ।

उनका अनुसार अहिले मानविकी र शिक्षा सङ्कायतर्फ नेपाली, अङ्ग्रेजी र अनिवार्य विषयका साथै व्यवस्थापन सङ्कायतर्फ पनि केही विषयका कक्षा सञ्चालन भइरहेका छन् । कोरोना भाइरसको त्रासका कारण सरकारले घोषणा गरेको बन्दाबन्दीको समय अनिश्चित भएको हुઁदा यसबीचमा विद्यार्थीहरूको पठनपाठनमा सहयोग पुगोस् भनेर अनलाइन कक्षा सञ्चालन गरेको क्याम्पस प्रमुख भण्डारीको भनाइ छ ।

अहिले त्रिभुवन विश्वविद्यालयले पनि अनलाइन कक्षामै जोड दिइरहेको छ । क्याम्पसको नेपाली विभाग प्रमुख दामोदर भण्डारीले मानविकी सङ्कायतर्फ नेपाली विषयका कक्षाहरू वैशाखको प्रारम्भदेखि नै थालिएको जानकारी दिए । शिक्षकहरूले जुम एप्लिकेसनमार्फत् कक्षा सञ्चालन गरिरहेका छन् ।

कक्षालाई प्रभावकारी बनाउन केही दिनअघि शिक्षकहरूका लागि अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गरिएको थियो । क्याम्पसको अनुसन्धान व्यवस्थापन एकाइका अध्यक्ष प्राडा अशोककुमार झाको सक्रियतामा जुम एप्लिकेसनमार्फत् सञ्चालित अभिमुखीकरणमा शिक्षकहरूलाई जुम सञ्चालनबारे जानकारी दिइएको थियो ।

डा अमृतकुमार श्रेष्ठ, जीवन बज्राचार्य र सीता खतिवडाले सहजीकरण गरेको अभिमुखीकरणमा सहभागी शिक्षकहरूले पनि जुमबारे आ(आफ्ना जानकारी बाઁडेका थिए ।

अनलाइन कक्षाको प्रभावकारिताका सम्बन्धमा विभिन्न कोणबाट प्रश्न उठिरहेको सन्दर्भमा क्याम्पस प्रमुख भण्डारीले भने केही समस्या नै छैन भन्ने त होइन तर बन्दाबन्दीको अवस्थामा प्रविधिको प्रयोगबाट सकेसम्म पठनपाठन सञ्चालन गर्ने प्रयास हो ।

नियमित कक्षा सञ्चालन भएकै अवस्थामा पनि शतप्रतिशत उपस्थिति नहुने उल्लेख गर्दै उनले विद्यार्थीहरूको सहभागिता बढाउन विश्वविद्यालयले छुटमा डाटा उपलब्ध गराउन टेलिकमसँग सहकार्य गरिरहेको जनाए ।

अनलाइन कक्षामा विद्यार्थीहरूको पहुँचको सम्भाव्यताबारे अध्ययन गर्न क्याम्पसले सर्वेक्षण पनि गरिरहेको छ । यसका लागि डिजिटल फारम वितरण गरिएको क्याम्पस प्रमुखले बताए ।

महेन्द्र क्याम्पसका स्ववियु सभापति सागर चेम्जोङले पनि पठनपाठन बन्द भएको अवस्थामा प्रविधिको प्रयोगबाट कक्षा सञ्चालन हुनु सकारात्मक भएको धारणा राख्दै इन्टरनेटमा विद्यार्थीहरूको पहुँच बढाउन स्थानीय सरकार र इन्टरनेट प्रदाय संस्थाकसઁग समेत सहकार्य गरिनुपर्ने बताए । ुबिस्तारै इन्टरनेटमा विद्यार्थीहरूको पहुँच बढाउँदै लग्नुपर्छ ।उनले थपे 

अनलाइन कक्षामा सहभागी विद्यार्थीहरू पनि उत्साही देखिएका छन् । मानविकी सङ्कायतर्फ स्नातकोत्तर तहको प्रथम सत्रमा नेपाली विषयका विद्यार्थी दीपक फुઁयाल अनलाइन कक्षा निकै प्रभावकारी भएको बताउँछन् ।

लकडाउनपछि पनि यस्तै कक्षा भए हुन्थ्यो  उनले भने । त्यसो त बन्दाबन्दीपछि पनि क्याम्पसमा तत्कालै पठनपाठन सञ्चालन हुने सम्भावना कम भएकाले विश्वविद्यालयले केन्द्रीय विभागका शिक्षकहरूलाई अनलाइन कक्षासम्बन्धी तालीम दिइरहेको क्याम्पस प्रमुख भण्डारीले जनाए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved