प्रविधिमा आधारित शिक्षामा नगई अब धर छैन्: मन्त्री घिमिरे

  • वैशाख २१, २०७७
  • "कुमा लुईंटेल"
alt

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदयपुरका मानिस देख्नासाथ डराउने मनोविज्ञान ठिक नभएको बताएका छन् ।

शिक्षा पत्रकार समूहले आइतबार आयोजना गरेको ‘भर्चुअल प्रेसमिट’मा मन्त्री घिमिरेल उदयपुरका मानिस देख्नासाथ हुने डराउने र गरिने व्यवहारबारे आफूँ जानकार भएको बताए । भने,‘‘उदयपुरका मानिस देख्नासाथ अन्यत्रका मानिस डराउने गरेका समाचारहरुमा पनि हेर्छु । सुन्छु तर यो ठिक होइन ।’’

मन्त्री घिमिरेले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केमा मात्र संक्रमण सीमित रहेको र त्यसलाई प्रदेश सरकारले अन्यत्र फैलनबाट रोकिराखेको सुनाए ।

‘‘अन्यत्र बढ्न दिइएको छैन । त्यहाँ २८ जना संक्रमित भेटिएका हुन’’, मन्त्री घिमिरेले भने,‘‘अरुतिर खासै डराउनु पर्ने अवस्था छैन । प्रदेशका सबै १४ वटै जिल्लामा संक्रमण देखिएको होइन ।’’

मन्त्री घिमिरेले कलेज र स्कुलहरुमा अहिल्यै सबै अनलाइनबाट सबै कक्षा र शैक्षिक गतिविधि संचालन गर्न सक्ने संरचना नभएपनि सरकारले ई–लर्निंङलाई प्राथमिकता दिएको जानकारी गराए ।

मन्त्री घिमिरेले प्रदेश सरकारले विस्तारै विद्यार्थीले झोला र किताब बोक्ने चलनलाई हटाउने अभियान चलाउने सुनाए ।
मन्त्री घिमिरेका अनुसार प्रदेशका विभिन्न एक सय सामुदायिक विद्यालयमा ल्याब नै निर्माण गरेर ई–लर्निङको प्रबन्ध कोरोना शुरु हुनुभन्दा अगाडि नै गरिएको तर अहिले विद्यार्थीहरु विद्यालयसम्म आउन सक्ने वातावरण नभएर त्यसलाई क्षमताअनुसार चलाउन नसकिएको बताए ।

भने,‘‘लकडाउनले रोकियो । सरकारले स्कुलमा भएका ल्याबमै कक्षा चलाउने हो । तर, अहिले विद्यार्थी जान सकेनन् ।’’ मन्त्री घिमिरेले पहाडी दूर दराजमा इन्टरनेट नभएका स्थानमा रेडियो, टेलिभिजन र टेलिफोनका माध्यमबाट पनि कक्षा चलाउन सकिने बताए ।

कोरोनाको कारण अब प्रविधिमा आधारित शिक्षाको पहुँचा बढाउनु पर्ने रहेछ भन्ने सन्देशसमेत प्रवाह भएको बताउँदै मन्त्री घिमिरेले प्रविधिलाई भित्र्याउने विषयमा अब तीनवटै तहका सरकारले चासो दिनुपर्ने बताए । भने,‘‘अहिलेको अवस्थाले भौतिक पूर्वाधार सडक र भवन निर्माणले मात्र नभएर शिक्षा तथा स्वास्थ्यमा लगानी बढाउनु पर्ने रहेछ भन्ने देखिएको छ । यसमा सरकारको नै जिम्मवारी रहनुपर्ने रहेछ भन्ने पनि देखिएको छ ।’’

घिमिरेले अनलाइन एडमिसन गर्दा त्यसले असमानता सिर्जना गर्ने भएकोले अहिले रिजल्ट गर्दा निजी विद्यालय तथा कलेजले मार्केटिङ राख्न सक्ने बताए । भने,‘‘ रिजल्ट एउटै नीतिबाट हुन्छ । विद्युतीय माध्यमबाट रिजल्ट निकाल्न सकिन्छ ।

अनलाइनबाट एडमिसन गर्ने हिसाबमा हामी पुगेका छैनौं । रिजल्ट गर्ने तर एडमिसन कसरी गर्ने भन्ने समझदारी बनाएका छौं ।’’ उनले बैसाख २५ गतेभन्दा एसईई र ११ तथा १२ को परीक्षा अनि रिजल्टको विषयमा टुंगोमा पुग्ने बताए ।

शिक्षा र स्वास्थ्यमा अब बजेट बढाउनुको विकल्प नभएको भन्दै मन्त्री घिमिरेले स्रोत व्यवस्थापनको विषयमा प्रदेश सरकारको अबको बजेटबाट सबै निक्र्यौल हुने बताए । भने,‘‘संसदको बर्र्खे अधिवेशन कहिले र कसरी शुरु गर्ने भन्ने छलफल शुरु भईसकेको छ ।

बजेट विभाजनमा शिक्षा स्वास्थ्यमा हेर्ने मन्त्रालय प्राथमिकतामा पर्दैन थियो । भौतिक पूवार्धार निर्माणमात्र ५१ प्रतिशत बजेट जान्थ्यो अब यता बढाउनु पर्ने रहेछ भन्ने देखिएको छ ।’’

भर्चुअल पत्रकार सम्मेलनमा काठमाडौ र प्रदेश १ का विभिन्न जिल्लाका पत्रकारहरु जोडिएका थिए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved