धरान । आसन्न स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले धरान उमहानगर पालिका वडा नं १९ निवासी पदम इस्वो (लिम्वू)लाई उपमेयरको उम्मेद्धवार वनाएको छ । पद र शक्ति भन्दा पनि पार्टीलाई योगदान गर्नु पर्छ भन्ने मान्यता बोकेका इस्वोलाई धरानमा इमान्दार र झुझारु युवा नेताको रुपमा चिन्छिन् । २०५६ सालदेखि निरन्तर ११ वर्ष सम्म धरान नगर कमिटीको सदस्यमा रहेर काम गरेका उनी २०६८ सालदेखि जिल्ला कमिटीमा रहँदै हाल नेकपा एमाले सुनसरी जिल्ला सदस्य एवम् क्षेत्रीय सह–संयोजकको जिम्मेवारीमा छन् । ४० सालदेखि विद्यार्थी राजनीतिमा अहोरात्र लागेका इस्वोले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा एमालेको तर्फ
बिकासको नाममा सडक पुगेको, तर बर्सादमा पहिरोले गर्दा कैयौ महिना बाटो बन्द हुने। बिजुली पुगेको; तर साना जलबिद्दुततले गर्दा बिजुली बाल्नसम्म पुग्ने; टि.भि हेर्न नमिल्ने। फोनको टावर पुगेको, तर घाम लागेको दिनमात्र सम्पर्क गर्न सकिने ठाउँ अनि ति ठाउँका पिछडिएको समुदायका महिला; मुस्किलले पढ्नलेख्न सम्म सक्ने महिला। कति त अनपढ! त्यस्तो ठाउका महिलाले आफ्नो स्वास्थ्य सम्बन्धि अधिकारको लागि आवाज उठाएको, गाउटोलका अरु महिलालाई प्रजनन् स्वास्थ्य सम्बन्धि धेरै थोरै जानकारी दिएको, स्थानीय कर्मचारी र नेतासमक्ष प्रजनन् जस्तो बिषयमा आफ्नो समस्या खुलस्त रुपमा राखेको र समाधानको माग गरेको
मेरुदण्डको संरचना (Vertebral Column)मानव शरीरमा मेरुदण्डको (Vertebral Column) तैतीस वटा हाड (Vertebrate) ले बनेको हुन्छ र यो गर्धनदेखि कम्मरसम्म जान्छ । मेरुदण्ड (Vertebral Column) लाई भर्टिब्राईवाट बनेको ५ वटा खण्डहरुमा विभाजित गर्न सकिन्छ ः गर्धनको ७ वटा सर्भिकल भर्टिव्राई, १२ वटा थोरासिक भर्टिव्राई, ५ वटा लम्बर, ५ वटा साक्रल र ४ वटा कक्सिजियल भर्टिव्राइ । यी भर्टिव्राइहरु लिगामेन्टहरु, माँसपेशी, फसेट जोर्ने र इन्टरभटिव्रल डिस्कहरुद्वारा एक अपसमा जोडिएको हुन्छ ।इन्टरभटिव्रल डिस्कहरुले मानव शरीरको मेरुदण्डको उचाई ९ज्भष्नजत० बढाउन मद्दत गर्नुका साथै मेरुदण्डमा पर्ने बललाई कम गर्न वा
बिषय प्रवेश:साम्राज्यवाद–पुजीवाद फ्युजन वासिङ्टन सम्झौताको जगमा माक्र्सवाद–लेनिनवाद–समाजवाद–सामुहिकता, बिचार, संगठन, नीति, कार्यक्रम र व्यवहरिक कार्यान्वयनलाई ब्राण्डिङ, मसाल मनि–माईन्डेट, सेलीब्रेटी र रोमान्सवादको चक्रव्युहुमा पार्र्टीको आन्तारिक जिवनलाई भुकम्पको परकम्पन धक्का दिएपछि समाजको चेतना भन्दा दलका नेताहरुको चेतना माथी उठन नसकेको विश्लेषण गर्न सकिन्छ । असाधारण कुरामा कार्यकर्ता र जनतालाई उल्लु बनाउनु, नवउद्दारवादको सपनालाई साकर पार्न जम्लेहात गर्नु, महा–विपतीको कोरोनाको भाईरस भएर सामुहिक उत्पादन, बितरण र श्रमको उचित मुल्य तथा शिक्षा, स्वस्थ्य, रोजग
सिर्जनशील व्यक्तिहरू सिर्जनाका लागि सहज अवस्था पर्खिएर बस्दैनन् । उनीहरू असहज अवस्थामै पनि सुन्दर सिर्जना गर्न तल्लीन रहन्छन् । यसैको सुन्दर उदाहरण बनेका छन् – कवि तथा साहित्यिक अभियन्ता प्रकाश दिप्साली राई । बन्दाबन्दी (लकडाउन) को कठोर र त्रासद् समयलाई उनले सिर्जनशील बनाए । आ–आफ्नै घरमा बन्दी बनेर मानिसहरू किंकर्तव्यविमूढ बनेका बेला उनले भने एउटा अर्थपूर्ण साहित्यिक अभियान प्रारम्भ गरेर समयलाई सार्थक बनाए । केही न केही गरिरहने तथा आप्mना अनुज प्रतिभाहरूलाई सिर्जनकर्ममा लागिरहन प्रेरित गर्ने र त्यसका लागि सक्दो सहयोग पनि गर्ने उनको स्वभाव प्रशंसनीय छ । यही स्वभावको परिणाम हो &ndash
शेयर बजार एउटा यस्तो बजार भएको छ, जहाँ कसैले शैद्धान्तिक ज्ञान लिएर त कसैले ट्रेडिङ्ग गरेरै पनि लाखाँै पैसा कमाईरहेका छन् । शेयर बजार कमाउने जत्तिकै गुमाउनेहरु पनि भएकाले यसमा लाग्नु भन्दा पहिले शेयर बजार के हो ? कसरी कमाइ गर्न सकिन्छ ? कस्ता कम्पनीमा लगानी गर्ने भन्ने विषयमा ज्ञान हुनु अत्तिनै आवश्यक हुन्छ । अहिले हाम्रो समाजमा एक प्रकारको अफवाह फैलाएर सेयर बजारमा त प्रवेश गर्ने वित्तीकै लाखाँै कमाउन सकिन्छ भनेर भनिने गरेको छ । भने जस्तै सहज नभए पनि अध्ययन गरेर धेर्यताका साथ लगानी गर्नेले पैसा कमाउने अर्को व्यावसाय सोच्नु पर्दैन । सेयर बजारमा सहज र सरल तरिकाले प्रवेश गराउनका लागिँ हाम्रा घर
चितवनको गैँडा, हात्ती, मयुरको ताँती... ।केटाकेटीमा पढेको र गाएको गीत । भरतपुर, चितवनको आकाश खुलेको छ । हुन त दशैंपछिको शारदीय मौसम त्यसै पनि रमाइलो छ । उत्तरतिर सेताम्य हिमाल देख्दा मनै प्रफुल्लहुन्छ । हामी नेपालीहरू सारै भाग्यमानी । तराईको फाँटमा बसेर हिमालको दृश्यअवलोकन गर्न पाउँछौँ । कहिलेकाहीँ राजमार्गबाटै जङ्गलमा गैंडा चरिरहेको देखिँदो रहेछ । यहाँ घुम्न आउनेको चहलपहल छ । यति बेला एकजना मित्रले सौराहामा घुमेको, हात्तीमा चढेर जङ्गल घुमेको, गैँडा र बाघ भेटिएको फोटो फेसबुकमा राखेका छन् । त्यति मात्र कहाँ हो र ? बेलुकी थारुहरूको सांस्कृतिक नृत्य हेरेको मात्र नभई आफैँ पनि नाचेको फोटो उनले हालेक
हिजोआज पुरस्कार पाउने पुरस्कृत अस्रष्टा भन्दा पनि पुरस्कार प्रशिद्ध छ । पुरस्कारकै जय जय छ । यसैकारण कतिपय साहित्यकारहरू पुरस्कार लुँड़्याउनु लुँड्Þयाउनुको शाब्दिक अर्थ हुन्छ (लुड़्याउन = लुँडी+या+उनु, क्रि.) लुँड़ी पार्नु, गुजुल्ट्याउनु, बटार्नु; बस्तुले सागपात जथाभावीसँग खानु; सागपात आदि मनपरी टिप्नु वा जथाभावी बेड़ाउनु, भेटिए जति सबै लैजानु; पाए जति सबै खानु; जुवा आदिमा सबैको धन जित्नु, सोहोर्नु; धनीले वा रक्षकले पत्तै नपाई सबै उड़ाउनुे ज्यान दिने गरेको कुरा कतै लुकेको छैन । सबै पुरस्कार लुँड़्याउने दाउमै देखिन्छन् । पुरस्कार पाउने कतिको योग्य छ भन्ने कुरा जान्दा–जान्दै पनि जसरी
युनिफर्म भन्ने शब्द सुन्नेबित्तिकै हामी निलो रंगको सर्ट, गाढा निलो रंगको पाइन्ट र वा स्कर्ट लगाएका छात्रछात्राहरू सम्झिन्छौँ। निजी क्षेत्रका विद्यालयहरूमा विद्यालय अनुसारका अलग–अलग रङ्गका युनिफर्म पनि प्रचलनमा छन्। सामान्यतः छात्राहरूका लागि सर्ट र स्कर्ट तथा छात्रहरूका लागि सर्ट र पाइन्टको व्यवस्था हुने गर्छ। तर के स्कर्ट छात्राहरूका लागि सहज पोशाक बन्न सकेको छरु यी दुई प्रकारका पोशाकले एलजिटिक्युआइएं अर्थात् फरक लैंङ्गिक पहिचान भएका विद्यार्थीहरूलाई समेट्न सकेको छ तरु छात्राहरूमा संकोच विद्यालयको युनिफर्मको माध्यमबाट मजबुत बन्दै गएको लिङ्गभेदको अवधारणा समाजको समस्या हो। तर कति मानिस
जेठ २१ “छुवाछूत मुक्त राष्ट्र” : जातीय विभेद वैज्ञानिक रूपमा असत्य र सामाजिक रूपमा कलंक हो । जातीय विभेदको अन्त्य कानून वा संविधानमा मात्र होइन, मानव मनको जराबाट नै उखेलिनुपर्छ । जातका आधारमा हुने कुनै पनि हिंसा, घृणा वा अपमानका बिरुद्ध एकताबद्ध भएर सचेत नागरिकले संघर्ष गर्नुपर्छ । कानून बनाएर नै शुरु भएको जातीय विभेद कानूनद्धारा नै अन्त्य गर्न प्रयास गर्नु उचित हो । नेपाली समाजमा जात व्यवस्थाका कारण छुवाछूत र भेदभावले विकराल रुप लिएको हो । यसको जरोकिलो भनेकै धर्मसत्ता हो । धर्मका आधारमा राज्यसत्ता सञ्चालन हुँदा त्यस धर्मका सञ्चालकहरुले योजनाबद्ध रुपमा राज्यमा लागु गरेको व्यवस्था अ