धनकुटा/ अनुसन्धानात्मक लेखहरू सङ्गृहीत पुस्तक ‘चौबिसे थुमको ऐतिहासिक अध्ययन’ गत मङ्गलबार विमोचन गरिएको छ । कार्यक्रममा पुस्तकबारे समीक्षात्मक टिप्पणी गर्दै डा. कमल तिगेलाले चौबिसे थुमका विषयमा अध्ययन गर्न चाहने अनुसन्धाताहरूका लागि पुस्तक सहयोगी बन्ने धारणा राखे । उनले पुस्तकमा केही महत्वपूर्ण विषय छुटेको उल्लेख गर्दै आगामी दिनमा त्यस्ता विषयलाई पनि समेट्न सुझाव दिए । त्यसै क्रममा अर्का टिप्पणीकर्ता कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले आगामी दिनमा गरिने खोज–अनुसन्धानका लागि पुस्तक आधारशिला बनेको बताए । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ
# कहि खोजे तिमीलाई यो मन दुखाई राख्या छु झर्छ आँसु हेर्छु भनी एउटा फोटो लुकाई राख्या छु # कहिले नछुटिने भन्दै बन्थ्यौ बेहुलि अनि म बेहुला नखानु झुठो कसम बाधिएको डोरी फुकाई राख्या छु # एउटा कुरो सोध्न भनी आजभोलि नचिन्ने भन्छेऊ छोडे लेख्नै पनि कलम भाचि मसी सुकाई राख्या छु # मेरो अन्तिम पल अतीत नभेटिने याद भयौ तिमी कसरी बिर्सिउला माया थियो खबर पुगाई राख्या छु # म गल्ति मानुला आखिर छोड्न पनि मसको मत हो भन्छु थियो नि फरक हाम्रो जात खुलाई राख्या छु ✍️: नवीन खड्का &
इटहरी/ कवि गगन योक्पाङ्देनद्वारा लिखित ‘केवाफुङको गीत’ कविता सङ्ग्रहबारे शनिबार विमर्श कार्यक्रम सम्पन्न भएको छ । तरहराको क्यानभास साहित्य समाजले आयोजना गरेको ‘क्यानभासमा गगन’ कार्यक्रमको क्रममा कवि योक्पाङ्देनले सङग्रहबाट एक दर्जन कविता वाचन गरे । उनले ‘आमाप्रति’, ‘उपहार’, ‘साइँली सोल्टीनीको बैँस’, ‘छोरीको चकचक’, ‘भरियाको कथा’, ‘छिमेकीलाई’, ‘बाटोको आयु’, ‘एउटा घरको दिनचर्या’ लगायतका कविता वाचन गरे । कविता वाचन गर्नुअघि उनले आफु गाउँमा बसेर साहित्य साधना गरिरहेको र आफ
काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान सरोकार समाजको अध्यक्षमा नेपाल सरकारका पूर्व सचिव चन्द्र घिमिरे बैशाख १५ गते सम्पन्न भएको साधारण सभाद्धारा निर्वाचित भएका छन् । वि.सं.२०२१ मङ्सिर १५ गते तदनुसार ई.सं. ३० नोभेम्बर १९६४ धरानको वडा नम्बर १० मा घिमिरको जन्म भएको हो । उनी पिता भारतीय सेनाको क्याप्टेन नरनाथ घिमिरे र माता नेत्रकुमारी घिमिरेका जेष्ठ सुपुत्र हुन् । घिमिरेले विद्यालय शिक्षा धरानमा नै गरे ।उनले धरान १२ स्थित पव्लिक हाइस्कूलबाट आफ्नो विद्यार्थी जिवन सुरु गरेका हुन् । सन् १९८६ मा धरानकै महेन्द्र बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तहको अध्ययन पुरा गरेका थिए ।सन् १९८९ मा काठ
धरान/ शनिबार यहाँ सम्पन्न एक कार्यक्रमका सहभागीहरूले साहित्यलेखनमा नवीन विचार र शैलीहरूको प्रवेश हुनु स्वागतयोग्य भएको धारणा व्यक्त गरेका छन् । ‘नवआयाम–अवधारणा: समयबोध, सिर्जना र सन्दर्भका कुराहरू’ शीर्षकमा भएको अनौपचारिक छलफल कार्यक्रमका सहभागीहरूले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा नवआयामका प्रस्तावक सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । त्यस क्रममा उनले आयामिक अवधारणाअनुसार सिर्जनाको भौतिक संरचना, छनोट गरिने विषय र सिर्जनात्मक बुनोटको रूपसम्बन्धी धारणा राखेका थिए । उनले वर्तमान समयमा मानवीय जीवनको व्यस्तताका कार
धरान/ कवि विमल गुरुङ कृति पुरस्कार २०७९ को लागि विभिन्न साहित्यकारहरुका २१ वटा कृति छनौट भएका छन् । कवि विमल गुरुङ स्मृति पुस्तकालयले गत शुक्रबार पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा १ सय १ जना लेखक, साहित्यकारहरुबाट प्राप्त भएको कृतिमध्ये २१ वटा छनौटमा परेको जानकारी दिएको छ । कृतिहरु मध्ये पुनः ७ कृति चयन गरिने र त्यसमध्ये एउटा सर्वोत्कृष्ट कृतिलाई २ लाख राशीको पुरस्कार प्रदान गरिने पुस्तकालयका सचिव गणेश तिम्सिनाले जानकारी दिए । सर्वोत्कृष्ट कृतिलाई आगामी कार्तिक १९ गते पुस्तकालयको आफ्नै भवनमा आयोजित ५२ औं जन्मजयन्ती तथा ३२ औं राष्ट्रिय कविता महोत्सवमा पुरस्कार प्रदान गरिने सचिव ति
कोरोना भाइरस एउटा नमिठो तर लोकप्रिय परम्पराजस्तो बन्यो । जसको पनि मुखमा झुन्ड्यो । नबुझे पनि बुझेजस्तो हुनथाल्यो । संसारमा धेरैचोटी महामारीका घटनाहरु देखिएका हुन् । तर एकैचोटी एउटै अस्त्रले सिङ्गो सिस्टमलाई लक लगाउने अस्त्र भने कोरोना भाइरस ( कोभिड १९) नै देखियो । के बालक के युवा के बृद्ध सबैका दैनिकीहरु लकडाउनको फन्दामा परे । हरेक देशका सरकारले लकडाउनको अभ्यास गरे । मानवीय नियन्त्रणभन्दा बाहिर कोरोना जान थालेपछि बिकल्पहरु खोज्दै लकडाउनको सिस्टमलाई बिस्तारै परिवर्तन गर्न थाले । मानव बस्तीमा कोरोना छिरेपछि धेरै आतङ्क सिर्जना गर्यो । तर पनि मानव जाति डराएन र मानवले लखरलखर गरेकै भरमा धेरै देशक
प्राचीन ग्रीसका महान दार्शनिक प्लेटो ठान्थे- "साहित्यले मानिसलाई भ्रष्ट बनाउछ ।" यो किन भने होला आश्चर्य लागेर आउछ ! मानिसको भावनात्मक र संवेदनात्मक पक्षलाई मात्रै साहित्यले उठाईदिए पाठकलाई बौद्धिक रूपमा झन् कम्जोर बनाइरहेको हुन्छ नै, नकार्न सकिन्न । यसर्थ, साहित्य, बौद्धिक दृष्टिकोणबाट जीवन र जगत नियाल्ने माध्यम बनिनुपर्छ भन्ने मत दार्शनिक प्लेटोको रहेकोे पाइन्छ । प्रेमिल जोडीहरू जुहारी खेलेर हाटबजारी कृति मात्रै संस्मरण गर्न खोजेका हुन् सम्झियौं भने प्लेटोको माथिको भनाई अनुसारको जवाफ कविहरूले दिन तयार हुनुपर्ने हुन्छ । काल्पनिक साहित्यहरू नपढिने होइन तर अहिले उति पढिन्न । समयसँगै विज्ञान
आज महावीर स्वामी जन्म जयन्ती, हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको त्रयोदशी तिथिमा यो जन्म जयन्ती मनाइन्छ । महावीरले जैन धर्मको खोजसँगै यस धर्मका प्रमुख सिद्धान्तहरुको प्रतिपादन गरेका थिए । महावीर स्वामीलाई जैन धर्मका २४ औं तीर्थकर तथा भगवान्का रुपमा पूजा गरिन्छ । त्यसैकारण यस दिन भगवान् महावीरको शोभा यात्रा निकालिन्छ, जसमा जैन धर्मका अनुयायीहरुको ठूलो सहभागीता रहन्छ । तर यसपटक कोरोनाका कारण आफ्नै घरमा उनीहरुले पूजा गर्नेछन् । वर्द्धमान महावीरको जन्म भारतको बिहार राज्यको बैशाली भन्ने ठाँउ नाजिकको कुन्द ग्राममा ५९९ ईसा पूर्वमा भएको थियो। वर्द्धमान महावीरकी आमा त्रिशला, वैशालीको शक्तिशाली र प्रसि
धरान / धरानमा चैते दशैको उपलक्ष्यमा धरान २ माछा भौडीमा कविहरुको जमघट भयो । २२ जना सहभागी कविहरुले पालै पालो कविता वाचन गरे । कविताको भाव पहिचान, विद्रो र प्रेमभावसँग सम्बन्धित थियो । उनीहरुले प्रस्तुत गरेका कवितामा यी तीन कुरा विशेष रुपले आवाजको रुपमा उठाएका थिए । यो जमघटको अवसर भानु क्लब भेट्रान्सले जुराई दिएको थियो । कविहरुले प्रस्तुत गरेको कवितामा देशकाल परिस्थिति, प्रेम, पहिचान, पर्यावरणीय र मुन्धुममा आधारित बिम्ब, मिथक र प्रतीकले सुसज्जित कवितामा केन्द्रित थियो । कविहरु देवान किराँती, राज माङ्लाक, प्रदीप मेन्याङ्बो, इन्दु योन्जन, राज आशातित, विशाल नाल्बो, विवेक विवश रेग्मी, क