स्थानीय

    Showing ५,२६१-५,२७० of ५,३६६ items.
  • धरानमा लागूऔषधका कारण आपराधिक घटना हुन्छन् : डिएसपी न्यौपाने

     धरान । धरानमा लागू औषध दुव्र्यसनीको कारणले आपराधिक घट्नाहरु हुने गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले वताएका छन् । वुधबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगरले आयोजना गरेको डिएसपी विदाई कार्यक्रममा उनले सो कुरा वताएका हुन् । डिएसपी न्यौपाने धरानबाट विदाई भएर काठमाण्डौ जाँदैछन् भने डिएसपी ज्ञानेन्द्र वस्नेत आउँदैछन् । विदाई कार्यक्रममा बोल्दै उनले भने,‘मुख्य चुनौती भनेको नै लागू औषध दुव्र्यसनी नै हो,जसका कारणले धरानमा आपराधिक गतिविधी हुने गरेको हो।’डिएपी न्यौपानेले आफ्रनो कार्यकाल अवधि भरी पेस्तोल सहित लागू औषधको कारोवारीलाई पक्राउ गरिए

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • १,६१० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भोक्राहामा सात जनामा कोरोना संक्रमण पुष्टि

    सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बसेका ७ जना संक्रमित भेटिएका हुन् । उनीहरु सबै भारतबाट फर्किएका हुन् । क्वारेन्टाइनमा ५१ जना बस्दै आएका थिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसिआर परीक्षणमा ती व्यक्तिमा संक्रमण देखिएपछि आइसोलेसनमा लाने तयारी भएको जनस्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले जानकारी दिए ।  

    • प्रकाशित मितिः जेठ २१, २०७७
    • १,२५९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बहत्तर दिन पछि धरान बजारमा चहलपहल शुरु

    धरान बजारधरान । सरकारले घोषणा गरेको लकडाउनको एक दिन अघि देखि धरानमा शुरु भएको लकडाउन आज ७२ दिन पछि धरान बजारमा चहलपहल हुन थालेको छ । कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न सरकारले चैत्र ११ गते देखि देशैभरी लकडाउनको घोषणा गरेको थियो तर धरान उपमहानगरपालिकाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बाहिरी जिल्लाबाट पनि बिरामीहरु आउने भएकाले अत्याधिक भिड हुन थाले पछि १० गते देखिनै धरानमा लकडाउनको घोषणा गरेको थियो । अहिले धरानका बजारहरु बिस्तारै खुल्न थालेका छन् भने निजी तथा भाडाका टेम्पो, सिटि सफारीहरु पनि चल्न थालेका छन् । धरानको मुख्य बजार महेन्द्र पथ, पुरानो बजार, देशिलाईनका सबै खाले पस

    • प्रकाशित मितिः जेठ २०, २०७७
    • ३,५०८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपीमा बसेका १८ जना कोरोना संक्रमित निको भएर घर फर्के

    धरान । कोरोना संक्रमण फैलिदै गए पनि निको भएर फर्किनेहरु पनि बढ्दै गएका छन् । धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका कोरोना संक्रमितहरु एकै दिन १८ जना घर फर्किएका छन् । प्रतिष्ठानले सोमबार राती उनीहरुलाई डिस्चार्ज दिएको हो । निको भएर घर फर्किनेहरुमा धरानकी १ महिला सहित झापाका १७ जना रहेका छन् । उनीहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई सहित प्रतिष्ठानका पदाधिकारीहरुले बिदाई गरेका थिए । दुई पटक पिसिआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आए पनि उनीहरुलाई डिस्चार्ज गरिएको प्रतिष्ठानले जनाएको छ । धरानकी महिलालाई एम्बुलेन्समा घर पठाइएको थियो भने झापाका हरुलाई बसमा पठाइएको थियो । प

    • प्रकाशित मितिः जेठ २०, २०७७
    • ८९० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विराटनगरबाट ९६० भारतीयलाई बिहारतर्फ पठाईयो

    विराटनगर । पछिल्लो छ दिनमा भारतको जोगबनी नाकाबाट ९६० जना भारतीय नागरिक भारतको बिहारतर्फ गएका छन् । भारतबाट नेपाल आउने क्रम नेपालका सानाठूला विभिन्न नाकाबाट बढिरहेको सन्दर्भमा प्रदेश १ को राजधानी विराटनगरको यो नाकाबाट भने दैनिक भारतीय नागरिक बिहारतर्फ गईहेका छन् । नेपाल र भारतीय प्रशासन तथा सुरक्षाकर्मीको समन्वयमा मानिसहरुलाई भारत पठाउने गरिएको छ । उताबाट पनि दुबै देशका सुरक्षाकर्मीको निगरानीमा नेपालीलाई स्वदेश फर्काउने क्रम चलिरहेको छ । गत बुधबारदेखि भारतको जोगबीन नाकाबाट नेपालीलाई भित्र्याउने र भारतीयलाई पठाउने क्रम शुरु भएको छ । पहिलो दिन नेपालीहरु मात्र आए । भारत जानेहरु थिएनन् ।जिल्ला प्

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • १,२१५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी प्रतिष्ठानले भिड व्यवस्थापन गर्न नसकेको सेवाग्राहीको गुनासो

    धरान । लकडाउनकै बिचमा शुरु गरिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडि सेवा अव्यवस्थीत रहेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । ठुलो भिडभाड हुँदा कोरोनाको संक्रमण फैलिन सक्ने अवश्थामा पनि प्रतिष्ठानले व्यवस्थापन गर्न नसक्दा जोखिम बढ्न सक्ने प्रतिष्ठान आएका बिरामीहरु नै बताउँछन् । टोकन वितरण, बिल काट्ने कुराहरुमा व्यवस्थापन नभएको उनीहरुको भनाई छ । प्रतिष्ठानले सेवा दिने कोटा तोके पनि त्यो भन्दा बढी सेवाग्राहीहरु आउँदा थप समस्या भएको इटहरीबाट उपचारका लागि आएका हरि खतिवडा बताउँछन् । उनले भने, ‘आज ५० जनाको जाँच गर्ने भनेका छन्, तर सयको लाइन लागेको छ, कोटा अनुसारको ल

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • १,१२२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपाले माग्यो धरानको दिर्घकालिन विकासमा २ अर्ब ३ करोडको योजना (मागपत्र सहित)

    धरान । प्रदेशको आगामी आर्थिक वर्षमा धरान उपमहानगरपालिकाको लागि २ अर्ब ३ करोडको योजनाहरुको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरानले प्रदेश सरकारलाई मागपत्र पेश गरेको छ । धरानको लागि विभिन्न १ सय ५ योजनाहरुका लागि २ अर्ब ३ करोड २५ लाख रुपैयाको बजेट विनियोजन गर्न माग गरिएको नेकपाका जिल्ला सदस्य एवं धरान नगर इञ्चार्ज चोत्लुङले बताए । नेकपाको धरानमा भएका केन्द्र, प्रदेश, जिल्ला र उपमहानगर स्तरका नेता तथा प्रदेश संसद, जनप्रतिनिधी सहितको टोलिले विराटनगर पुगेर प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय सहित सबै मन्त्रालयमा आफ्ना योजनाहरु पेश गरेको छ ।     धरानको दीर्घकालिन विकासको

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • २,१४६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनकामा आवासगृहमा बसेका सडक मानवहरु सांगितिक मनोरञ्जनमा खुलेर नाचे

    धरान । कोही मानसिक बिमारमा कारण बजारमा खुल्ला हिड्ने कोही सडकमै जिवन बिताउने सडक मानवहरु आइतबार मज्जाले नाचे । वैशाख १ गते देखि घरमै थुनिएर बस्नु परेको बाध्यतालाई मनोरञ्जनमा भुले । नाँच्न आउँदैन तर पनि संगितमा पुरै १ घण्टा झुमिरहे । हिजोको सबै दिनहरु बिर्सेर । हिजोको जस्तो सुकै अवश्थालाई पनि बिर्सेर धरान संगित प्रतिष्ठानले दिएको सांगितिक माहौलमा आफुलाई परिवर्तन खोजिरहे ।कोरोना संक्रमणको जोखिमबाट जोगाउन सरकारले घोषणा गरेको लकडाउन शुरु भए लगत्तै धरान उपमहानगरपालिकाले सकड मानवहरुलाई धरान ८ स्थित लाङघाली सामुदायिक वन उपभोक्ता समुहको आवसगृहमा व्यवस्थापन गरेको थियो । वैशाख १ गते देखि उनीहरु बजारक

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • ८१८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानीको मुद्धाले धरानको कार्यपालिका बैठकनै स्थगित गरायो

    धरान । लामो समय देखि विवादित बनेको धरानको खानेपानीको मुद्धा उठ्ने बित्तिकै धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक नै स्थगित भएको छ । आज बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्य सहित वडाअध्यक्षहरुले खानेपानी बोर्डमा संस्थानलाई गाभ्न किन ढिलाई भएको भन्दै मेयर तिलक राई समक्ष प्रश्न उठ्न थाले पछि बैठकनै स्थगित भएको हो । पहिलो एजेण्डा रहेको पिसिआर जाँच गर्न भिटिएम खरिद गर्ने निर्णय पछि दोस्रो निर्णयमा प्रवेश गर्नु अघि खानेपानी संस्थानलाई बोर्डमा गाँम्ने निर्णय किन कार्यान्यवन नभएको भन्दै प्रश्न उठ्न थाले पछि बाँकीका एजेण्डाहरुमा छलफल नै नभई बैठक स्थगित भएको वडा नम्बर १३ का वडाअध्यक्ष नेत्र प्रस

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • १,०१३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • परियार समाजद्वारा राहात कोषमा ४५ हजार नगद सहयोग

    धरान/ परियार सेवा समाज धरानले धरान उपमहानगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहत कोषमा नगद रु ४५,००० सहयोग गरेको छ । समाजका तर्फबाट जिल्ला अध्यक्ष श्री खगेन्द्र नेपाली, नगर अध्यक्ष श्री गोपाल रणपैली, संस्थापक सदस्य श्री डिल्लीराम सिवा, केन्द्रिय सदस्य श्री लक्ष्मण दास तथा आर्थिक सहयोग संकलन संयोजक श्री खगेन्द्रबहादुर नेपाली र नगरपालिका तर्फ बाट उपप्रमुख श्री मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृत श्री विदुर प्रसाद खनाल र वडा अध्यक्षहरुको उपस्थितिमा नगर प्रमुख श्री तिलक राईलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो  

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • १,१०१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved